Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमार्च ३ बाट विदेशी र स्वदेशी सबैले वेष्टर्न अष्ट्रेलिया प्रवेश पाउने

मार्च ३ बाट विदेशी र स्वदेशी सबैले वेष्टर्न अष्ट्रेलिया प्रवेश पाउने


पर्थ/अष्ट्रेलियाका सबै जसो राज्यले सिमाना खुल्ला गर्दै कोभिडका प्रतिबन्धहरु हटाउदै गइरहेपनि वेष्टर्न अष्ट्रेलिया डब्लुएले भने यस विषयमा निकै पछाडी देखिदै आएको छ । तर, अब मार्च ३,२०२२ बाट भने डब्लुएले पनि आफ्नो आन्तरिक र अन्तराष्ट्रिय सिमाना खुल्ला गर्ने निर्णय गरेको छ ।

राज्यमा खोप लगाउनेको संख्या उल्लेख्य रहेको भन्दै डब्लुएले आगामी मार्च ३ बिहिबारदेखि पुर्ण खोप लगाएका अन्तर राज्य र अन्तराष्ट्रिय यात्रुलाई बिना क्यारेन्टिन प्रवेश दिन लागेको हो । डब्लुए सरकारले जारी गरेको सुचना अनुसार अन्य राज्यबाट प्रवेश गर्दा जिटुजी पास भर्नुपर्ने, योग्य भएमा तेस्रो खोप पनि लगाएको हुनुपर्ने, डब्लुए आएको १२ घण्टाभित्र ¥यापिड टेष्ट गर्नुपर्ने र पोजेटिभ आएमा रिपोर्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै विदेशबाट आउने यात्रुुले पनि संघिय सरकारले लागु गरेको सबै नियमहरु पालना गर्नुपर्ने छ । मतलब डिजिटल प्यासेन्जर डिक्लेरेसन भर्नुपर्ने छ । त्यस्तै वेष्टर्न अष्ट्रेलिया सरकारको जिटुजी पास पनि भर्नुपर्नेछ । अष्ट्रेलियामा मान्यता प्राप्त खोपको पुर्ण मात्रा लगाएको हुनुपर्नेछ । खोप नलगाएका यात्रुले भने होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

यसअघि डब्लुए सरकारले इनरोल्ड भइसकेका विदेशी विद्यार्थीलाई फेब्रुअरी १५ तारिखदेखि आउन दिइरहेको छ । मार्च ३ तारिख देखि भने इनरोल्ड नभएका विद्यार्थी पनि आउन पाउने देखिन्छ ।

विदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड

विदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड

 


ट्याग : #Australia, #Border, #Western Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ