Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली नयाँ वर्ष ०८१ को स्वागतमा ब्रिजबेनमा लाईभ दोहोरी,यस्तो हुनेछ सांस्कृतिक उत्सव !

नेपाली नयाँ वर्ष ०८१ को स्वागतमा ब्रिजबेनमा लाईभ दोहोरी,यस्तो हुनेछ सांस्कृतिक उत्सव !


ब्रिजबेन । अष्ट्रेलियाको ब्रिजबेनमा नेपाली नयाँ वर्ष २०८१ को स्वागतमा लोक दोहोरी कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाले   “विदेशी परिवेश, नेपालीपनको उत्थान कला, सँस्कृतिको सँरक्षण हाम्रो अभियान !” नारासहित आगामी अप्रिल १२ मा विशेष लोक दोहोरी कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपाली नयाँ वर्षमा लाईभ दोहोरी मार्फत मनोरञ्जन प्रदान गर्ने, भेटेरै नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नेगरी निशुल्क प्रवेश सहित ब्रिजबेनको स्ट्राथपाईनमा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अस्ट्रेलिया शाखाका सचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो । दोहोरीमा नेपालबाट आउनुभएका रमेश बी,जी, मधु क्षेत्री, मेक्सम खाति, अमृत साप्कोता, कोपिला मगर अनि आयोजक समेतका तर्फबाट झलक पुन,गिता छ्न्त्याल,रमेश खत्री, रन्जन पराजुली, सुमित्रा ढकालको धमाकेदार प्रस्तुति हुनेछ ।

एनआरएनए अष्ट्रेलिया समेतको सक्रियतामा हुने सांस्कृतिक उत्सवको प्रायोजन इसान एजुकेसनले गर्दा अष्ट्रेलियामा रहेका धेरै व्यवसायिक संस्थाले साथ दिएका छन् । रमाईलो गराउने जिम्मा आफुहरुको भन्दै आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलियाले काममा बिदा मिलाएर नेपाली नयाँ वर्षको स्वागतमा रमाउन सहभागी भैदिन सबैलाई आह्वान गरेको छ ।

यस अघि प्रतिष्ठानको कुईन्सल्याण्ड  उपशाखाले कार्यक्रम गर्ने भनेर प्रचार गरिएको थियो । तर, कुईन्सल्याण्ड उपशाखा दर्ता नै नभएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आपत्ति जनाएपछि कार्यक्रमको आयोजना अष्ट्रेलिया शाखाले गर्ने भएको छ ।




यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ