Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड

विदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड


ब्रिजवेन/वेष्टर्न अष्ट्रेलियाले पनि केही मापदण्डसहित विदेशी विद्यार्थीलाई आउन दिने भएको छ । अष्ट्रेलियाले सबै भिषाबहाकका लागि सिमा खुुल्ला गरिसक्दा पनि वेष्टर्न अष्ट्रेलियाले भने आन्तरिक आवतजावतमा समेत कडाई गर्दै आएको छ । तर, फेब्रुुअरी १५ तारिखदेखि भने विदेशी विद्यार्थीलाई आउन दिने निर्णय गरेको हो ।

वेष्टर्न अष्ट्रेलियाका कलेज र विश्वविद्यालयमा इनरोल्ड भइसकेका वा नेपालबाटै अनलाईनबाट अध्ययन गरिरहेका विद्यार्थीले मात्र तत्कालका लागि आउन पाउने भएको हो । योग्य विद्यार्थीहरु सिधै वेष्टर्न अष्ट्रेलिया वा अन्य राज्य हुुदै प्रवेश गर्न सक्नेछन् ।
वेष्टर्न अष्ट्रेलिया प्रवेश गर्नुुअघि विद्यार्थीले जिटुुजी पास भर्नुुपर्छ । पुर्ण खोप लगाएका विद्यार्थीले मात्र प्रवेश पाउनेछन् ।
त्यस्तै विमान चढ्नुु २४ घण्टा अगाडी कोभिड परिक्षण नेभेटिभ हुुनुुपर्नेछ भने वेष्टर्न अष्ट्रेलिया आएको २४ घण्टाभित्र पनि पिसिआर वा र्यापिड एन्टिजन टेष्ट गर्नुुपर्नेछ । राज्यमा आएपछि विद्यार्थीले अनिर्वाय७ दिन सेल्फ आइसोलेसनमा बस्नुुपर्नेछ । आएकोे छैटौं वा सातौ दिनमा पनि कोभिड परिक्षण गर्नुुपर्नेछ । यदि कोभिडमा लक्षण देखिएको छ भने लक्षण नहटेसम्म आइसोलेसन कायम राख्नुपर्ने नियम छ । थप जानकारीका लागि यो लिंकमा जानुहोस्


ट्याग : #Australia, #Border, #Western Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ