Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहिन, खोजि कार्य जारी !

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहिन, खोजि कार्य जारी !


काठमाडौं । पोखराबाट जोमसोमका लागि तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको छ । ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको ९ एन–एईटी कलसाइनको जहाज ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रुसहित सम्पर्कबिहिन भएको हो ।

तारा एयरलाईन्सले जहाजमा चालकदलका ३ सदस्यसहित २२ जना रहेको जानकारि दिएको छ । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । भने को पाइलटका रुपमा बिमानमा उत्सव पोखरेल र एयर होस्टेल किस्मी थापा रहेकी थिइन् । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनुपर्ने समयमा सम्पर्क विच्छेद भएको जानकारि दिनुभयो । यसपछि जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज समेत जोखिमा उडेको बताइएको छ । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको र सोही अनुसार तेश्रो उडान भरिएको पाइएको छ तर उडन भरेसँगै अकस्मात मौसममा प्रतिकुलता सहनुपरेको आँकलन गरिएको छ ।

हराएको तार एयरको विमान खोज्न लेतेपास नजिकको क्षेत्रलाई निसाना बनाएर नेपाली सेनासहितका अन्य नीजि हेलिकोप्टर परिचालन गरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले उडान सहज वातावरणमा भएको भएपनि विचमा मौसम बद्ली देखिएपछि जोखिममा परेको जानकारि दिनुभयो । सम्पर्कबिहिन भएको क्षेत्रलाई निसाना बनाएर खोजी कार्य जारी राखिएको ठाकुरले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ