Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा घर निर्माणको भरपर्दो कम्पनी बन्दै नेपाली व्यवसायिको क्यालिबर विल्डर्स !

अष्ट्रेलियामा घर निर्माणको भरपर्दो कम्पनी बन्दै नेपाली व्यवसायिको क्यालिबर विल्डर्स !

मेलबर्न शाखाबाट आफ्नो पहिलो डिस्प्ले होम सार्वजनिक


ब्रिजबेन । सिड्नीको सेभेन हिलमा मुख्य कार्यालय रहेको क्यालिबर विल्डर्सको मेलबर्न शाखाले आफ्नो पहिलो डिस्प्ले होम सार्वजनिक गरेको छ । मेलबर्नको उत्तरी क्षेत्रमा रहेको मिकलममा बनाइएको डिस्प्ले होमको संस्थाका निर्देशक हरि खड्काले उद्घाटन गर्नुभएको हो ।

मेलबर्नका व्यवसायिक व्यक्तित्व, नेपाली समुदायका अग्रजहरुको उपस्थितिमा डिस्प्ले होमको उद्घाटन गरिएको थियो । क्यालिबर विल्डर्सका अर्का निर्देशक दिपेन्द्र उप्रेतिले सफलताको यो अभियानमा खड्कालाई साथ दिदै आउनुभएको छ । डिस्प्ले होम सार्वजनिक गर्दै निर्देशक खड्काले आफ्नै घर बनाउने कार्य चुनौतीपूर्ण भएको र कोभिडपछिको परिस्थितिमा धेरै कुराहरु अनिश्चित बन्दा समेत समयमै घर निर्माण गर्न सफल भएको बताउनुभयो । परिवार हुर्काउँदा बालबच्चाको स्याहार गर्नेजसरी आफुहरुले घर निर्माण गर्दा निकै सुझबुझपूर्ण तरिकाबाट गर्ने गरेको उहाँले बताउनुभयो । सम्झौतामा भएको रकममा नै घर प्राप्त गर्न सकिने र थप नयाँ खर्च गर्न नपर्ने गरि आफ्नो कम्पनीले काम गरिरहेको खड्काले बताउनुभयो । निर्देशक खड्काले भन्नुभयो, “घर एउटा मूल्यमा बनाउन सुरु गरिन्छ बिचमा अन्य विभिन्न खर्चहरु जोड्दै जाँदा ढाड नै भाँचिने हुन्छ । तर, म तपाईंहरुलाई विश्वस्त पार्न चाहन्छु । क्यालिबर होम्ससँग घर बनाउँदा तपाईको लागत बढ्ने र समय लम्बिने समस्या आउने छैनन ।”

क्यालिबर विल्डर्स करिब १० वर्षको अनुभवपछि अष्ट्रेलियामा नेपाली मुलका व्यवसायीले स्थापना गरेको भरपर्दो कम्पनी हो । एनआरएन अष्ट्रेलियाका पूर्व उपाध्यक्ष समेत रहनुभएका हरि खड्का विभिन्न कम्पनीहरुमा रही काम गरेको अनुभवलाई संगालेर मेलबर्नमा विल्डर्स कम्पनी खोलेको र मेलबर्नको जुनसुकै क्षेत्रमा पनि आफ्नो कम्पनी सेवा दिन तत्पर रहेको बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ