Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपछिल्लो १२ दिनमै सिड्नीमा गयो ४ नेपाली युवाको ज्यान, यसरी जोखिमबाट बचौँ !

पछिल्लो १२ दिनमै सिड्नीमा गयो ४ नेपाली युवाको ज्यान, यसरी जोखिमबाट बचौँ !


ब्रिजबेन । पछिल्लो १०, १२ दिनको अवधीमै अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दैआएका ४ जना युवाको दुःखद निधन भएको छ । पानीमा डुबेर, काम गर्ने क्रममा करेन्ट लागेर र अपार्टमेन्टमै बेहोस भएर ४ नेपाली युवाले ज्यान गुमाएको गैह्र आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारि दिनुभएको हो ।

ब्रिजबेनको लेकपारामाटा क्षेत्रमा पौडी खेल्ने क्रममा बुटवलका भरत थापाको र एक जना बगाले थरका युवाको सोही स्थानमा डुबेर ज्यान गएको हो । स्टारफिल्डमा बस्दै आउनुभएका ३२ वर्षिया शिशिरराज भण्डारीको काम गर्ने क्रममा करेन्ट लागेर र सेजर्स क्षेत्रमा रवि गुरुङको अपार्टमेन्टमै बेहोस भएर ज्यान गएको हो । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोखरेलल मृतक परिवारका लागि सहयोग अभियानमा आफुहरु जुटिरहेको जानकारि दिनुभयो । सचेतनामा ध्यान नदिदा र मानसिक स्वास्थ्यका कारण समेत नेपाली युवाहरु जोखिममा परेको आँकलन एनआरएनए अष्ट्रेलियाले गर्दै सचेतनाका कार्यक्रमको पहल गर्ने बताएको छ ।

तपाई अष्ट्रेलियामा पढ्दै वा काम गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो मानसिक अनि शारिरिक स्वास्थ्यको ख्याल गर्नुहोस । पानीमा पौडी खेल्दा सचेतनाका सूचकहरुको ख्यल गर्न, कार्यस्थल र अपार्टमेन्टमा आइपर्नसक्ने जोखिममा सचेत हुन एनआरएनए अष्ट्रेलियाले सबैलाई सुझाब दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ