Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaखाद्य सुरक्षा बारे क्वीन्सल्याण्डमा जनचेतनामूलक कार्यक्रम, यसरी बचौँ जोखिमबाट !

खाद्य सुरक्षा बारे क्वीन्सल्याण्डमा जनचेतनामूलक कार्यक्रम, यसरी बचौँ जोखिमबाट !


ब्रिजबेन । अष्ट्रेलियाको क्विन्सल्याण्डमा खाद्य सुरक्षा बारे जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । अष्ट्रेलियामा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार,खाद्य सुरक्षा बारेका मापदण्ड पालना नगर्दा धेरै नेपाली कानुनी झमेलामा पर्नसक्नेतर्फ सचेत गराउन एनआरएनए क्वीन्सल्याण्डले यस्तो कार्यक्रम गरेको हो ।

न्यू फार्म पार्कमा बिहान साँढे ९ देखि साँढे ११ बजेसम्म उल्लेख्य जनसहभागितासहित खाद्य सुरक्षा बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले नेपाल ट्युबलाई जानकारी दिनुभयो । जनचेतनामूलक कार्यक्रममा खाद्य सुरक्षा, अष्ट्रेलियाको खाद्य सम्बन्धि कानुनी व्यवस्था र जनस्वास्थ्य बारे ख्याल गर्नुपर्ने महत्त्वपूर्ण विषयमा गहन छलफल भएको छ । अष्ट्रेलियामा म्याद गुज्रिएको खाद्य वस्तु बेचेर,खाद्यान्नमा राख्नुपर्ने म्याद,खाद्य कोड लगायतका नियम पालना नगरेर, कानुनको अनविज्ञता र बेवास्ताले नेपालीहरु कानुनी झमेला,महंगो जरिवाना र हिरासतमा समेत जानूपर्ने अवस्थामा रोक्न एनआरएनए क्विन्सल्याण्डले यो पहल थालेको जनाएको छ ।

अष्ट्रेलियाका ग्रोसरी पसलमा पछिल्लो समय म्याद गुज्रिएका खाद्यवस्तुहरु भेटिन थालेकाे र जनस्वास्थ्यमा जोखिमका साथै कानुनी झमेलामा फस्नुपर्ने बारे बारम्बार नेपाल ट्युबले खबर समेत प्रकाशन/प्रसारण गर्दै आएको छ । यस्तो खाद्यान्नमा व्यहोर्नुपर्ने जोखिमबाट बच्न उपभोक्ता स्वयमले म्याद हेरेर किन्न जनस्वास्थ्यविदको सुझाब रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ