Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली नयाँ वर्षमा ब्रिजबेनमा हुँदै (लाहुरे) को कन्सर्ट

नेपाली नयाँ वर्षमा ब्रिजबेनमा हुँदै (लाहुरे) को कन्सर्ट


ब्रिजबेन । सरकार इन्टरटेन्टमेन्टले अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवशर पारेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्षको स्वागतमा न्यु इएर ब्लास्ट–२०८१ ब्रिजबेनमा ८ अप्रिलमा आयोजना गर्न लागिएको हो ।

साँझ ६ बजेबाट सुरु हुने सास्कृतिक कार्यक्रमको टिकट अनलाइन माध्यमबाट समेत काट्न सकिने छ । यो सांस्कृतिक कार्यक्रममा लाहुरे, इल्देभ लिम्बु, भियोमा लगायतका कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुती हुनेछ । ५० डलर खर्चेर नेपाली नयाँ वर्षको स्वागतमा हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुन पाइनेछ ।

इम्पाएर इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसले टाइटल स्पोन्सरका रुपमा साथ दिएको नेपाली नयाँ वर्षको स्वागतमा हुने सास्कृतिक कार्यक्रम फर्टिट्युड भ्यालीस्थित द टिभोली ब्रिजबेनमा हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ