Monday, 29 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा महजात्रा २०२४ : आउँदै महजोडी र भेट्रान गायिका कुन्ति मोक्तान

अष्ट्रेलियामा महजात्रा २०२४ : आउँदै महजोडी र भेट्रान गायिका कुन्ति मोक्तान


काठमाडौं । महजात्रा कार्यक्रमका क्रममा चर्चित नेपाली कलाकार अर्थात महजोडी मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य सहित महजात्राको टिम अष्ट्रेलिया आउने भएको छ । सामाजिक सञ्जाल फेसबुकबाट मदनकृष्ण आफैंले “हामी आउँदै छौ अष्ट्रेलिया र न्यूजिल्यान्ड” भन्दै सार्वजनिक गर्नुभएको हो ।

अष्ट्रेलियाका प्राय सबै राज्यका शहर र न्युजिल्यान्डमा समेत विशेष कार्यक्रम आयोजना हुने बताइएको छ । महजात्रा २०२४ भब्य बनाउन महजोडिका साथै किरण केसी (राता मकै),नरेन्द्र कंसाकार, भेट्रान गायिका कुन्ति मोक्तान समेत अष्ट्रेलिया र न्युजिल्यान्ड टुरमा रहनुहुनेछ । अष्ट्रेलिया भ्रमण र कार्यक्रम बारेको विस्तृत विवरण mahajatra.com.au मार्फत सार्वजनिक गरिएको छ ।

महजोडी र भेट्रान गायिका कुन्ति मोक्तानसहितको कलाकार टोलीले मे अन्तिमबाट जुनसम्मै अष्ट्रेलिया र न्युजिल्यान्ड टुरमा रहनेछन । मे २५ मा पर्थमा, मे २९ मा क्यानबेरा, जुन २ मा सिड्नी, जुन ७ मा एडिलेड, जुन ८ मा मेलवर्न, जुन १५ मा उकल्याण्ड र जुन २३ मा न्युजिल्यान्डमा महजात्राको कार्यक्रम तय गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ