Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब प्रत्येक दिनको काम बारे मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गर्नुपर्ने

अब प्रत्येक दिनको काम बारे मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गर्नुपर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक दिन सबै मन्त्रीहरुले आफूले दिनभरि गरेको काम बारे बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुपर्ने कार्यविधि मन्त्रिपरिषद्को बैठकबाट पारित गराउनुभएको छ । मन्त्रीको ब्रिफिङ बारेको निर्णय प्रधानमन्त्री प्रचण्ड आफैले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा सहभागी हुने क्रममा सार्वजनिक गर्नुभएको हो ।

अब कत्ति पनि अलमलमा बस्न नसकिने दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई जिम्मेवार भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – “अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं ।”



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ