Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालको राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा आउँदै !

नेपालको राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा आउँदै !


ब्रिजबेन,काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीच भएको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्न लागेको हो ।

केही साता अघि भएको क्यान र रोयलबीचको सम्झौतामा नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख थियो । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जानकारि दिएको छ ।

नेपाली क्रिकेट टोली अहिले क्यानडा भ्रमणमा छ । क्यानडामा दुई खेलको एक दिवसीय र एक स्थानीय क्लबसँगको अभ्यास खेलपछि टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । यसपछि अष्ट्रेलिया भ्रमण र भ्रमणका क्रममा हुने खेल तालिका तयार हुने क्यानले जानकारि दिएको छ ।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा न्युनतम ज्यालामा ५.२ प्रतिशत वृद्धी, अब घण्टाको २१.३८ डलर



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ