Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा न्युनतम ज्यालामा ५.२ प्रतिशत वृद्धी, अब घण्टाको २१.३८ डलर

अष्ट्रेलियामा न्युनतम ज्यालामा ५.२ प्रतिशत वृद्धी, अब घण्टाको २१.३८ डलर


ब्रिजवेन/ अष्ट्रेलियामा न्युनतम ज्यालामा ५ दशमलब २ प्रतिशतले वृद्धी भएको छ । अब ज्यालादारी कामदारले घण्टाको न्युनतम २१ दशमलब ३८ सेन्ट डलर प्राप्त गर्नेछन् । यो भनेको यसअघिको भन्दा १ डलर बढी हो ।
फेयरवर्क एम्बुडस्म्यानले आज सुचना जारी गर्दै तलबमान वृद्धी भएको जानकारी दिएको हो । बढेको ज्यालादर अगामी आर्थिक वर्ष अर्थात जुलाई १ तारिखबाट लागु हुने पनि फेयरबर्कले जनाएको छ ।

बढेको तलब अनुसार कामदारले हप्ताको ३८ घण्टा काम गर्दा ८ सय १२ डलर पाउनेछन् । तर, पर्यटन, हवाई र हस्पिटालिटी क्षेत्रमा भने अक्टोबर १ तारिखबाट मात्रै ज्याला वृद्धी हुनेछ । यसअघिको संघिय चुनावमा लेबर पार्टीले कामदारको ज्याला वृद्धी गर्ने भन्दै चुनावी प्रचार गरेको थियो । चुनाव जितेर सरकार बनाएर लगत्तै लेबरले आफ्नो घोषणा कार्यन्वयन गरेको हो ।

ज्याला बढेपछि अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनका सचिव स्याली म्याकमनुजले सरकारको निर्णयको स्वागत गरेको छ । तर, द अष्ट्रेलियन चेम्बर अफ कमर्स एण्ड इन्ड्रसटिका प्रमुख कार्यकारी एन्ड्र म्याककेलरले भने यो निर्णयलाई आर्थिक जोखिमको उपमा दिनु भएको छ । ज्याला बढेपछि ज्यालादारीमा काम गर्ने विदेशी विद्यार्थीहरु भने खुसी भएका छन् ।


ट्याग : #Australia, #wage
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ