Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजदेखि कुइन्ल्याण्डका अधिकांश स्थानमा मास्क लगाउन नपर्ने । लगाउनुपर्ने ठाउ यस्ता छन् ।

आजदेखि कुइन्ल्याण्डका अधिकांश स्थानमा मास्क लगाउन नपर्ने । लगाउनुपर्ने ठाउ यस्ता छन् ।


ब्रिजवेन/कुइन्सल्याण्ड राज्यमा १६ वर्षभन्दा माथीका व्यक्तिमध्ये ८० प्रतिशत भन्दा धेरैले कम्तिमा कोरोनाका पहिलो खोप लगाएका छन् । यो उपलब्धीसंगै कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया पालासेले अब राज्यको अधिकांश स्थानमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको छ ।

प्रिमियरले सामाजिक संजालमा पोष्ट गर्दैै आजदेखि भवनभित्रका संरचनाहरु विद्यालय, क्याफे, पब, हेयर ड्रेसर र कार्यलयहरुमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो ।  प्रिमियरले कोरानाको समयमा राज्यका बासिन्दाको योगदानको कदर गर्दै मास्क लगाउन नपर्ने पुरस्कार दिएको बताउनुभएको छ । कुइन्सल्याण्डमा दुबै खोप लगाउने १६ वर्षमाथीकाको संख्या ६८.३ प्रतिशत मात्र छ ।

यी ठाउमा भने अझै मास्क लगाउनुपर्ने

संघिय नियम अनुसार अझै पनि कुइन्सल्याण्डको विमानस्थलहरु तथा विमानभित्र अझै पनि मास्क लगाउनुपर्नेछ । त्यस्तै सार्वजनिक यातायातका साधनहरु बस, ट्याक्सी र राइड सेयर प्रयोग गर्दा समेत मास्क अनिवार्य गरिएको छ । त्यस्तै सामाजिक रुपमा दुरी कायम गर्न नसक्ने स्थानहरुमा मास्क लगाउन पनि अनुरोध गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ