Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएन्टाले अष्ट्रेलियामा मनायो पहिलो पटक इद,अब हरेक वर्ष निरन्तरता

एन्टाले अष्ट्रेलियामा मनायो पहिलो पटक इद,अब हरेक वर्ष निरन्तरता


ब्रिजबेन । एसोसियसन अफ नेपाल तपाई अष्ट्रेलिया (एन्टा) को आयोजनामा अष्ट्रेलियामा पहिलोपटक मुस्लिम समुदायको ठूलो चाड मानिने इफ्तारी इद पर्व मनाइएको छ । अप्रिल ५ तारेखमा सिड्नीको वेन्टवर्थविलमा एक सामूहिक भेटघाट कार्यक्रमको आयोजना गरेर इद रमादान पर्व मानाइएको एन्टा अध्यक्ष रन्जित साहले जानकारी दिनुभएको हो ।

मुस्लिम दाजु भाईहरुको सम्मानार्थ सामूहिक भेटघाट सहित मनाइएको पर्वमा ८० भन्दा बढीको सहभागीता रहेको थियोे । एन्टाले गरेको इदको इफ्तारी सम्बन्धि कार्यक्रम अष्ट्रेलियामै पहिलो पटक भएको बताइएको छ । अष्ट्रेलियामा छरिएर रहनु हुने मुस्लिम समुदायका प्रबासीहरूलाई एउटै छानामुनी जमघट गराएर शुभकामना आदान-प्रदान गर्दै गरिएको पर्वलाई हरेक वर्ष निरन्तरता दिने एन्टाले जानकारि दिएको छ ।

एन्टाले होली र छठ पर्बलाई अष्ट्रेलियामा हरेक वर्ष निरन्तरता दिदै आएको छ । अब इद पर्बको माध्यमबाट अष्ट्रेलियामा छरिएर रहेको मुस्लिम समुदायलाई गोलबद्द गर्ने एन्टाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ