Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नोभेम्बर १५ मा हेल्थ र नर्सिङ शिक्षा सम्बन्धी मेला हुदै

ब्रिजवेनमा नोभेम्बर १५ मा हेल्थ र नर्सिङ शिक्षा सम्बन्धी मेला हुदै


ब्रिजवेन/कोरोना पछिको बदलिदो समयमा अष्ट्रेलियामा स्वास्थ्य र नर्सिङ विषय अध्ययनका संभावना र चुनौतिहरुका बारेमा विद्यार्थीलाई जानकारी दिन शैक्षिक मेलाको आयोजना हुने भएको छ । ब्रिजवेनस्थित एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले अन्तरराष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर नोभेम्बर १५ तारिख सोमबार दिउसो १२ देखि ३ बजेसम्म मेलाको आयोजना गर्न लागेको होम पौडेलले जानकारी दिनुभयो ।

मेला एक्सपर्टको ब्रिजवेन कार्यलयमा हुन लागेको हो । स्वास्थ्य  र नर्सिङ विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई पछिल्लो अपडेटका बारेमा एकै स्थानमा जानकारी दिएर भविष्यको बाटो चुन्नका लागि सहज बनाउन मेलाको आयोजना गरिएको एक्सपर्टले जनाएको छ । मेलामा विद्यार्थीले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा शैक्षिक संस्थाका स्वास्थ्य विभागका प्रतिनिधीसंग भेटेर आफ्ना जिज्ञासा राख्न सक्नेछन् । विभिन्न एक दर्जनभन्दा बढी नाम चलेका विश्वविद्यालय र शैक्षिक संस्थाका प्रतिनिधी तथा रजिष्टर्ड माइग्रेसन एजेण्टहरुले विद्यार्थीलाई भावि बाटोका बारेमा स्पष्ट जानकारी दिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ