Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ९ सय किलो कोकेन भित्र्याउन लागेका युवक कारको बुटबाट पक्राउ

अष्ट्रेलियामा ९ सय किलो कोकेन भित्र्याउन लागेका युवक कारको बुटबाट पक्राउ


सिड्नी/न्यु साउथ वेल्स राज्यले मोष्ट वान्टेट सुचीमा राखेर खोजिरहेको लागु औषध कारोबार भनिएका एक युवक कारको बुटमा लुकेर भाग्दै गर्दा समातिएका छन् ।
कार्गो ट्रकभित्र राखिएको कारको बुटमा लुकेर कुइन्सल्याण्ड प्रवेश गर्ने क्रममा सिमानामा प्रहरीले उनलाई पक्राउ गरेको हो । अदालतबाट धरौटीमा रिहा भएको ३३ वर्षिय ती युवक अक्टोबर २५ मा खुट्टा बाधिएको जिपिएस ट्रयाकिङ्ग बाला तोडेर फरार भएका थिए ।

सिड्नी कै एक सानो विमानस्थलबाट निजी विमानमा देश छोडेर भाग्न लागेको भन्ने सुचना प्रहरीले पाएपछि खोजी थप कडा पारिएको थियो । ती युवकमाथी ९ सय किलो कोकेन भन्ने लागु औषध न्यु साउथ वेल्समा भित्र्याउन लागेको आरोपमा प्रहरीले मुद्धा चलाएको छ । उनले इक्योडर भन्ने देशबाट कोकेन भित्र्याउन लागेको प्रहरी अनुसन्धानबाट देखिएको छ । गत अप्रिलमा इक्योडरको समुन्द्री तटमा उक्त कोकेन बरामद भएको थियो । त्यसको अवैध बजारमुल्य २७० मिलियन हुने प्रहरीले जनाएको छ ।

धरौटीमा रिहा भएका अभियुक्त फरार भएपछि न्यु साउथ वेल्स, कुइन्सल्याण्ड, भिक्टोरिया र साउथ अष्ट्रेलियाका प्रहरीले संयुक्त रुपमा खोजी तिब्र पारेका थिए ।
ती अभियुक्त ट्रकभित्र राखेको कारमा लुकेर सिमा पार गर्न लागेको सुचना पाएपछि प्रहरीले ट्रक रोकेर कारको खानतलासी गरेको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ