Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रहरीको गोली लागेर सिड्नीमा एक पुरुषको निधन

प्रहरीको गोली लागेर सिड्नीमा एक पुरुषको निधन


सिड्नी/प्रहरीको गोली लागेर सिड्नीमा एक ४६ वर्षिय पुरुषको निधन भएको छ । आज बिहान अदालतको पुर्जी लिएर सोधपुछका लागि प्रहरी ती पुरुषको घरमा पुगेको न्यु साउथ वेल्स प्रहरीले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । लगत्तै प्रहरीसंग शारिरीक रुपमै हात हालाहालको स्थिती भएपछि गोली चलाएको विज्ञप्तीमा भनिएको छ । गोली लागेर सो पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पारामेडिक्सको टोली घटनास्थलमा पुगेपनि उनलाई बचाउन नसकिएको प्रहरी जनाएको छ ।

सिड्नीको सेभन हिलमा आज बिहान साढे ११ बजे घटना भएको हो । प्रहरीले ५ राउण्ड गोली चलाएको स्थानिय बासिन्दाले संचारमाध्यमलाई जानकारी दिएका छन् । गोली कसरी र किन चल्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ