Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डमा माक्स लगाउनुपर्ने नियम हट्दै

कुइन्सल्याण्डमा माक्स लगाउनुपर्ने नियम हट्दै


ब्रिजवेन/अबको केही घण्टामा कुइन्सल्याण्ड राज्यको अधिकांश स्थानमा माक्स लगाउनुपर्ने नियम हट्ने भएको छ । राज्यकी प्रिमियर एनेस्तेसिया पालासेका अनुसार राज्यमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ८० प्रतिशत पुगेसंगै अधिकांश स्थानमा माक्स लगाउनुपर्ने नियम हटाइने घोषणा गर्नुभएको हो । पहिल्लो तथ्याकं अनुसार हालसम्म कुइन्सल्याण्डमा ७९.६ प्रतिशतले कोरानाको कम्तिमा एउटा खोप लगाइसकेका छन् । यो तथ्याकं नोभेम्बर ७ को हो । यसको मतलब अबको केही घण्टामा नै कुइन्सल्याण्डमा पहिलो खोप लगाउनेको संख्या ८० प्रतिशत पुग्नेछ ।

यो नियम हटेपछि कुइन्सल्याण्डभरी नै विद्यँलय, क्याफे, पब, क्लब, हेयर ड्रेसर र कार्यस्थलहरुमा माक्स लगाउनुपर्ने छैन । संघिय नियम अनुसार विमानस्थल र विमानभित्र भने माक्स लगाउनुपर्ने प्रिमियरले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ । महामारीको बेलामा कुइन्सल्याण्डवासीले साथ दिएको भन्दै जति धेरैले खोप लगायो त्यति नै छिटो सामान्य अवस्थामा फर्कन सक्ने भएकाले सबैलाई खोप लगाउन प्रिमियरले आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ