Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनर्थ सिड्नीको काउन्सिलर चुनावमा भिड्दै अन्जना बस्नेत,जित्ने संभावना प्रवल

नर्थ सिड्नीको काउन्सिलर चुनावमा भिड्दै अन्जना बस्नेत,जित्ने संभावना प्रवल


सिड्नी/आगामी डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा स्थानिय निकायको निर्वाचन हुदैछ । निर्वाचनमा हालसम्म ७ जना नेपालीले काउन्सिलर पदका लागि विभिन्न क्षेत्रबाट उमेद्वारी दिनुभएको छ । अष्ट्रेलियाका मुख्य दल लिभरल र लेभर पार्टीबाट मात्रै नभई स्वतन्त्र रुपमा उमेद्वारी दिने नेपालीहरु पनि छन् । अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा काउन्सिलर पदका लागि स्वतन्त्र उमेद्वारी दिनु भएको छ ।

लिभरल पार्टी न्यु साउथ वेल्स डिभिजनको सदस्य भएपनि नर्थ सिड्नीमा पार्टीले उमेद्वार नउठाउने भएकाले अन्जनाले स्वतन्त्र रुपमा उमेद्वारी दिनु भएको हो । नेपालट्युबसंग कुरा गर्दै उमेद्वार अन्जनाले ५ जनाको टिम नै बनाएर काउन्सिलर पदका लागि चुनावी मैदानमा होमिएको बताउनुभयो ।

टिम एली नाम राखिएको अन्जनाको समुहमा काउन्सिलर पदका उमेद्वारहरु एलि प्रिभोष्ट, क्यान्डीस बोथ, मेलिन्डा स्मिथ र मिसेल लिंगम हुनुहुन्छ । यो समुहमा अन्जना दोस्रो नम्बरमा हुनुहुन्छ । समुह बनाएर उठ्दा नम्बर १, २ र ३ का उमेद्वारहरुले जित्ने संभावना हुन्छ । यो समुहले नर्थ सिड्नीको दुइ वटा वडा मध्ये क्यामरगेल वडामा अन्जनाको टिमले उमेद्वारी दिएको हो । नर्थ सिड्नी काउन्सिलमा १० काउन्सिलर पदका लागि निर्वाचन हुन लागेको हो ।

अन्जनाको टिम एलिका सदस्यहरु

सन् २००६ देखि नै नर्थ सिड्नीमा स्थाई रुपले बस्दै आउनु भएका अन्जनालाई स्थानिय समुदायले निकै राम्रो साथ दिएको छ । स्थानिय लिभरल पार्टीको विमन काउन्सिलमा समेत रहेर काम गरिसक्नु भएका अन्जनाले चार वर्षदेखि पार्टी सदस्य भएर अष्ट्रेलियाको राजनीति र नेतृत्वको बारेमा असंख्य ज्ञान हासिल गर्नुभएको छ । गैरआवासिय नेपाली संघ अन्गर्त नारी निकुञ्ज न्युसाउथ वेल्सको टिममा समेत अन्जनाले काम गरेर महिलाहरुको हकहितका लागि काम गर्नुभएको छ ।

छोरालाई हुर्काउने क्रममा नर्थ सिड्नीको चाइण्ड केयर, प्रि स्कुल देखि स्थानिय समुदायको समस्या र चाहाना बारे अन्जनाले धेरै ज्ञान हासिल गर्नुभएको छ । नर्थ सिड्नीकै वुलवर्थ सुपरमार्केटमा १४ वर्ष सिनियर लिडरसिप पदमा कार्यरत अन्जनाले स्थानिय समुदायसंग हातेमालो गर्न काउन्सिलर पदमा उमेद्वारी दिएको बताउनुभयो । काठमाडौमा जन्मिनु भएका अन्जना सन् २००६ मा अकान्टिङमा स्नात्तकोत्तर पढ्न अष्ट्रेलिया आउनुभएको हो । डिसेम्बर ४ मा न्यु साउथ वेल्स राज्यको १२८ वटा मध्ये १२४ स्थानिय निकायमा निर्वाचन हुदैछ । अष्ट्रेलियामा मतदान अनिवार्य छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ