Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका विभिन्न शहरमा लक्ष्मीपुजा र भाइटिकाको साइत यस्तो छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा लक्ष्मीपुजा र भाइटिकाको साइत यस्तो छ ।


ब्रिजवेन/नेपालीहरुको दोस्रो महान पर्व तिहार अष्ट्रेलियामा पनि धुमधामले मनाइन्छ । प्रधानमन्त्री स्कट मोरिसनले नेपाली समुदायले मनाउने तिहारको शुभकामना दिनुभएको छ । यसपाली नोभेम्बर ४ मा लक्ष्मीपुजा र नोभेम्बर ६ तारिखमा भाइटिका परेको छ । नेपाल हिन्दु समाज अष्ट्रेलियाले विभिन्न शहरमा तिहारको शुभसाइतहरु निकालेको छ ।

समाजका अनुसार सिड्नीमा नोभेम्बर ४ तारिखमा लक्ष्मीपुजाको साइत साझ ८ बजेर १८ मिनेटमा, मेलवर्नमा ८ बजेर ५२ मिनेटमा, ब्रिजवेनमा ८ बजेर ८ मिनेटमा, एडिलेडमा साझ ८ बजेर ४१ मिनेटमा र क्यानवेरामा ८ बजेर २९ मिनेटमा परेको छ । त्यस्तै तास्मानियामा साझ ८ बजेर ५५ मिनेट, पर्थमा साझ ७ बजेर ३६ मिनेट र डार्बिनमा साझ ७ बजेर ३४ मिनेट लक्ष्मी पुजाको साइत छ ।
त्यस्तै नोभेम्बर ६ तारिखमा भाइटिकाको साइत विभिन्न शहरमा यस्तो छ ।  सिड्नीमा बिहान ११ बजेर ५१ मिनेट, मेलवर्नमा ११ बजेर ३६ मिनेट, ब्रिजवेनमा ११ बजेर २३ मिनेट र एडिलेडमा ११ बजेर ५६ मिनेटमा भाइटिकाको साइत परेको छ । त्यस्तै क्यानवेरामा ११ बजेर ५३, तास्मानियामा ११ बजेर २७, पर्थमा १२ बजेर १० मिनेट र डार्बिनमा १२ बजेर ५ मिनेटमा भाइटिकाको साइत परेको छ ।
टिका लगाउने व्यक्ति पश्चिम तर्फ फर्किदा शुभ हुने समेत समाजले जनाऐका छ । त्यस्तै लक्ष्मीपुजाको लागि शुभसाइतको ३ घण्टाभित्र पुजा गर्दा उत्तम हुने समेत समाजले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ