डाक्टर केसी हामी तपाइको साथमा छौ – अष्ट्रेलियाका नेपाली (फोटो फिचर)
 
 सिड्नी
सिड्नीका नेपालीले असनरत डाक्टर गोबिन्द केसीको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
शनिवार बिहान कोग्रा पार्कमा जम्मा भएका झण्डै ६० जना नेपालीले डाक्टर केसीको समर्थनमा कार्यक्रम गरेका हुन् । ‘डा. केसी हामी तपाईको साथमा छौ’ – लेखिएको तस्बिर बोकेर उनीहरु समर्थनमा उत्रिएका हुन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता डिला खरेलकोे पहलमा समर्थन कार्यक्रम भएको हो ।
नेपालको स्वास्थ्य क्षेत्रलाई माफियाकरणबाट जोगाउन र गरिब जनताको पहुचमा स्वास्थ्य सेवा पुर्याउन डाक्टर केसीको अनसनमा समर्थन गर्नुपर्ने खरेलको भनाई छ ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले डाक्टर केसीको माग गरिब जनताको पक्षमा भएकाले सरकारले यथासक्य पुरा गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली समाजका अगुवा नारायण प्रधानले प्रवासमा रहर पनि डाक्टर केसीको पक्षमा जुट्न पाउदा खुसी लागेको बताउनुभयो ।
नेपाली समाजका अगुवा नारायण प्रधानले प्रवासमा रहर पनि डाक्टर केसीको पक्षमा जुट्न पाउदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार सरल गुरुङले सरकारी अस्पतालमा पाइने निशुल्क औषधीको वितरण सहज नहुनु, एउटै चिकित्सकले हजारौ विरामी हेर्नुपर्ने बाध्यता, दुख गरेर कमाएको धन उपचारमा खर्चेर घर न घाटको स्थितीमा पुग्ने अवस्था सुधार्नका लागि पनि सबैले डाक्टर केसीको समर्थन गर्नुपर्ने धारणा राख्नुभयो ।
चिकित्सा क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसी १७ दिनदेखि आमरण अनसन बसिरहनुभएको छ । तर, डाक्टर केसीकै अनसनका बिच शुक्रबार संसदले चिकित्सा शिक्षा विधयक पारित गरेको छ । आफ्नो सम्झौता विपरीतका प्रावधान घुसाएर विधेयक ल्याइएको भन्दै डाक्टर केसीले अनसन जारी राख्ने बताइसक्नु भएको छ । सरकार आफैंले गठन गरेको आयोगले दिएको सिफारिस र १५ औं सत्याग्रहपछि भएको सम्झौता तोडेर सरकारले विधेयक पास गराएको डाक्टर केसीको दावी छ ।
फाेटाे फिचर
 
  
 


 
 


 
  
  
  
 









 
  
  
  
 
तपाईको प्रतिक्रिया