Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले चन्द्रमामा रोबट पठाउदै ।

अष्ट्रेलियाले चन्द्रमामा रोबट पठाउदै ।


ब्रिजवेन/अष्ट्रेलियाले चन्द्रमामा रोबट पठाउने भएको छ । चन्द्रमामा नमुना संकलनका लागि अष्ट्रेलियाले अमेरिकी संस्था नासासंग मिलेर रोबर्ट पठाउने तयारी गरेको हो ।
संघिय सरकारले हालै नासासंग अबको ५ वर्ष भित्रमा रोबट पठाउने गरि हालै सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलियाली रोबर्टले चन्द्रमामा अक्सिजन स्रोत खोज्नका लागि मद्धत गर्नेछ ।

सरकारले सन् २०३० सम्म अन्तरिक्षको खोजका लागि हालको बजेटलाई तीन गुणा बढाउने समेत बढाउने लक्ष्य लिएको छ । १२ बिलियन डलरभन्दा बढी थप गरिने बजेटले अन्तरिक्षको खोज तथा अनुसन्धानको क्षेत्रमा २० हजार रोजगारी समेत सृजना गर्ने प्रत्क्षपण गरिएको छ । चन्द्रमामा कुद्न सक्ने रोबर्ट निमार्ण गर्नका लागि सरकारले निजी क्षेत्र तथा अनुसन्धानकर्ताहरुलाई जिम्मा दिइसकेको छ । यो रोबर्ट सन् २०२६ भित्रमा नासाको रकेट चढेर चन्द्रमा पुग्ने आशा गरिएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले नासासंग गरिएको यो सम्झौताले अष्ट्रेलियालाई अन्तरिक्ष क्षेत्रमा अघि बढ्न महत्वपुर्ण अवसर प्रदान गर्ने बताउनुभयो । मिसन मुनले भविष्यमा रोजगारी सृजना गर्न महत्वपुर्ण अवसरको ढोका खोल्ने समेत मोरिसनले बताउनुभयो । photo-Candace Heyneke



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ