Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचेपाङलाई सहयोग गर्दागर्दै जन्मिएको धादिङ अष्ट्रेलिया समाज , नयाँ अध्यक्षमा अर्जुन केसी

चेपाङलाई सहयोग गर्दागर्दै जन्मिएको धादिङ अष्ट्रेलिया समाज , नयाँ अध्यक्षमा अर्जुन केसी


सिड्नी/ मुलधारबाट बाहिर रहेका धादिङका चेपाङ समुदायमा सहयोग गर्न जुरमुराएको धादिङ्गे युवाहरु अष्ट्रेलियामा संगठित हुने क्रम जारी छ । चेपाङ वस्तीमा शिक्षाको पहुच पु¥याउन शैक्षिक सामाग्री बाड्दा बाड्दै जिल्ला र सिंगै नेपाली समुदायलाई सहयोग गर्न सकिन्छ कि भनेर सन् २०१४ मा तीनै युवाहरुले सिड्नीमा धादिङ अष्ट्रेलिया समाज स्थापना गरेका हुन् । धादिङ स्थाई घरी भई अष्ट्रेलियामा छरिएर रहेका नेपालीलाई संगठित गर्नु र उनीहरुको एकताबाट नेपाल र नेपालीका लागि सहयोग जुटाउने उदेश्यले संस्था गठन भएको संस्थापक मध्येका एक तथा नवनिर्वाचित अध्यक्ष अर्जुन केसीले नेपालट्युबलाई बताउनुभयो ।

संस्था दर्ता भएको एक वर्षमा नेपालमा गएको महाभूकम्पमा यो समाजले एनआरएनए अष्ट्रेलियासंग मिलेर सहयोग संकलनमा ठुलै योगदान दिएको थियो । त्यसपछि विभिन्न समयमा भइरहेन प्राकृतिक विपत्तिमा समेत यो समाजले सहयोगको हात अघि बढाउदै आएको छ । नयाँ विद्यार्थीलाई यहाँको रहनसहनमा भिज्न पनि धादिङ समाजले काम गर्दैआएको केसीको भनाई छ । ‘नाम धादिङ समाज भएपनि हामी कर्मभूमी र जन्मभूमीका सबै नेपालीलाई सहयोग गर्दै आइरहेका छौ’- केसीले भन्नुभयो ।

नयाँ कार्यसमिति चयन

समाजको हालै बसेको साधारण सभाले संस्थापक अर्जुन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जुम बैठकबाट सभाको आयोजना भएको थियो । समाजको उपाध्यक्षमा यज्ञ अधिकारी, महासचिवमा हरि अधिकारी र सचिवमा पुरुषोत्तम अधिकारी चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सनिता त्रिपाठी, महिला संयोजकमा गिता लम्साल, युवा संयोजकमा रबिन्सन अधिकारी चयन हुनुभएको हो । त्यस्तै बिनोद उप्रेति पनि चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुमन परियार,  करुणा अधिकारी, सुष्मा छत्कुली , ज्योति सिंखडा , अनुपजंग बानिया, बिदुर अधिकारी चयन भएका छन् ।
संस्थाको सल्लाहाकारहरुमा संस्थापक अध्यक्ष किरण अधिकारी र निबर्तमान अध्यक्ष सबिन थपलिया चयन हुनुभएको छ । नयाँ कार्यसमितिले अन्तराष्ट्रिय धादिङ समाजसंग मिलेर धादिङको पृथ्वी लोकमार्ग पर्ने गजुरी वा मलेखुमा उद्यँन निमार्ण गर्ने तयारी भइरहेको नवनिर्वाचित अध्यक्ष केसीको भनाई छ । जसका लागि स्थानिय पालिकाहरुसंग अनुमति र जग्गा लिने प्रकृया अघि बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ