Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बनेको ‘हाम्रो सम्बन्धको’ फष्ट लुक सार्वजनिक

अष्ट्रेलियामा बनेको ‘हाम्रो सम्बन्धको’ फष्ट लुक सार्वजनिक


ब्रिजवेन/लोकप्रिय गायक सुनिल गिरीको गित हाम्रो सम्बन्धको म्युजिक भिडियोको फष्ट लुक सार्वजनिक भएको छ । भिडियोका निर्देशक सुदिप विष्टले आज फष्ट लुक सार्वजिनक गर्नुभएको हो । अष्ट्रेलियाको ब्रिजवेन र गोलकोष्ट आसपास गरिएको सुटिङ सकेर म्युजिक भिडियोको एडिटिङ भइरहेको विष्टले जानकारी दिनुभयो । दशैंकै समयमा गित सार्वजनिक गरिने तयारि भइरहेको छ ।

भिडियोमा मोडल करण गुरुङ र हिलारी रावलको मुख्य भूमिका छ । भिडियोको कोरियोग्राफीको जिम्मा भने किरण मगरको हातमा परेको छ । को होला त्यो रु कस्तो यो मन, सुनको चुरा जस्ता लोकप्रिय गित गाइसकेका गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गितलाई अष्ट्रेलियामा निमार्ण गर्ने काम त्यति सजिलो नभएको निर्देशक विष्ट बताउनुहुन्छ । लोकप्रिय र एकपछि अर्को गर्दै हिट गित दिइरहेको गायकको गितमा उत्तिकै लेभलको गुणस्तर कायम गर्न निकै मेहनत गरेकाले भिडियो उत्कृष्ट बन्नेमा विश्वस्त भएको विष्टले बताउनुभयो ।

‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ब्रिजवेनमा बन्दै « Nepal Tube Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ