Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदशैं मनाउन ब्रिजवेनमा खसी बाजी । बाजेदेखि नातिसम्म मैदानमा उत्रिदै

दशैं मनाउन ब्रिजवेनमा खसी बाजी । बाजेदेखि नातिसम्म मैदानमा उत्रिदै


ब्रिजवेन/नेपालीहरुको महान पर्व दशैं मनाउन ब्रिजवेनमा खसी बाजी फुटवल हुने भएको छ । नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्युले खसी बाजी रहेको फुटवल प्रतियोगिता आयोजना गरेको हो । एनएक्युले स्थापनाकाल सन् २००६ देखि नै हरेक वर्ष दशैको अवसरमा यस्तो कार्यक्रम गर्दै आएको अध्यक्ष डा. देवराज पौडेलले बताउनुभयो ।

यसपाली अक्टोबर ९ तारिख शनिवार ब्रेण्डलको पार्कमा दशैं कार्यक्रम हुदै छ । बिहान ९ देखि साझ ६ बजेसम्म जारी रहने कार्यक्रममा ब्रिजवेन आसपासका ७ वटा फुटवल टिम सहभागी हुनेछन् । बिजेताले खसी उपहार पाउनेछन् । त्यस्तै ४० वर्ष कटेका पुरुषहरुले पनि फुटवेल खेल्नेछन् । यसपाली दोस्रो पुस्ताका केटाकेटीहरुले पनि ठुलाहरुसंग फुटवेल खेल्दैछन् । ‘हामीले ४० केटेकालाई बाजे र दोस्रो पुस्ताका लागि नातिनातिना टिम भनेका छौ’- पौडेलले भन्नुभयो- ‘यस हिसाबले यसपाली बाजे र नातिनातिना एउटै मैदानमा उत्रिनेछन् ।’

कार्यक्रमलाई एनआरएनए कुईन्सल्याण्ड र कुईन्सल्याण्ड नेपलिज कल्चलर सेन्टर क्युएनसिसीले पनि साथ दिएको छ । त्यस्तै कार्यक्रममा नेपाली संगित, नृत्य र खाना पनि आकषर्क विषय हुनेछ । खासीगरी दशैकौ शुभकामना तथा साथीभाई पारिवारिक भेटघाटका रुपमा एनएक्युले यस कार्यक्रमलाई मनाउदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ