Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaके अहिले अष्ट्रेलियाबाट नेपाल गएर आउन मिल्छ ? यस्ता छन् प्रावधानहरु ।

के अहिले अष्ट्रेलियाबाट नेपाल गएर आउन मिल्छ ? यस्ता छन् प्रावधानहरु ।


सरल गुरुङ /ब्रिजवेन के अहिले अष्ट्रेलियाबाट बाहिर गएर फेरी फर्कन मिल्छ ? कस्तो कस्तो अवस्थामा बाहिर गएर फेरी आउन मिल्छ त ? अस्थाई भिषावालाका लागि के छ प्रावधान ? यी प्रश्नहरु अहिले निकै सोधिने गरेका छन् । खासगरी १८ महिनादेखि अष्ट्रेलियाको अन्तराष्ट्रिय सिमाना बन्द रहेकाले धेरै मानिसहरु नेपाल जान र आउन रोकिएकाले पनि यी प्रश्नहरु झन् गहकिलो बनेका छन् ।

यस लेखमा हामीले अष्ट्रेलियाको गृह मन्त्रालयले सिमाना बन्द रहेको अवस्थामा देश छाड्न र फेरी फर्कनका लागि गरेको व्यवस्थाका बारेमा संक्षिप्तमा चर्चा गर्नेछौ ।
गृह मन्त्रालयको विवरण अनुसार केही कडा प्रावधानका आधारमा नागरिक, पिआरवाला वा अस्थाई भिषा (विद्यार्थी, टिआर, पर्यटक) मा रहेकाहरुले अष्ट्रेलिया छाडेर फर्कन सक्छन् ।

नागरिक र पिआरवाला

हाल नागरिक र पिआरवालाहरुले एक्जेम्पसन (पूर्व स्विकृति) बिना अष्ट्रेलिया छाड्न पाउदैनन् । पूर्व स्विकृतिका लागि सरकारले मापदण्ड बनाएको छ । उक्त मापदण्ड अनुसार कोरोना महामारी विरुद्ध खटिन, व्यवसाय र अष्ट्रेलियामा उपलब्ध नभएका स्वास्थ्य सेवा लिनका लागि पूर्व स्विकृति पाउन सकिन्छ । त्यस्तै केही मानविय संवेदना र बाध्यकारी अवस्थामा पनि अष्ट्रेलिया छोड्ने अनुमति पाइन्छ । ‘कम्पेलिङ र कम्प्यासिनेट ग्राउण्ड’ भनिने यो मापदण्डमा खासगरी नजिकको परिवारको सदस्य निकै बिरामी हुनु तथा अन्तिम संस्कार जस्ता अवस्था पर्ने जानकारहरु बताउछन् ।

त्यस्तै अष्ट्रेलिया भन्दा अन्य देशमा स्थाई रुपमै बसोबार गरिरहेका नागरिक र पिआरवालाले पनि यात्राको अनुमति पाउनेछन् । मापदण्ड पुगेकाहरुले कम्तिमा पनि ३ महिनाका लागि अष्ट्रेलिया छाड्नुपर्ने हुन्छ । आफ्नो अवस्था अनुसार सबै कागजपत्र र प्रमाणसहित इच्छुकले एक्जेम्पसनका लागि आवदेन दिन सक्नेछन् ।

अस्थाई भिषावाहक

अस्थाई भिषावाहकहरुले जुनै पनि बेला बिना अनुमति अष्ट्रेलिया छाड्न सक्नेछन् । तर, उनीहरुसंग पूर्व अनुमति अर्थात एक्जेम्पसन छैन भने अष्ट्रेलिया फर्कन भने पाउने छैनन् । अष्ट्रेलिया छोडेर पुन: फर्कने हो भने चाहि अस्थाई भिषावाहकले अष्ट्रेलिया छाड्नु अघि नै इनवाडस् एक्जेम्पसन लिनुपर्दछ । यो एक्जेम्पसनका लागि आवेदकले मानविय संवेदनाको बाध्यकारी अवस्था झल्किने बलियो आधार पेश गर्नुपर्दछ ।

नजिकको परिवारको सदस्यको अन्तिम संस्कार, एकदमै बिरामी पारिवारिक सदस्यलाई भेट्न तथा अष्ट्रेलियामा उपलब्ध नभएको स्वास्थ्य सेवा लिनका लागि अस्थाई भिषावाहकले सप्रमाण यात्रा अनुमतिका लागि आवेदन दिन सक्छन् । त्यस्तै अस्थाई भिषा वाहकले व्यापारका लागि पनि यात्रा अनुमति पाउन सक्छन् ।

यात्रा अनुमतिका लागि आवेदन दिन यस लिंकमा थिच्नुहोस



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ