Wednesday, 1 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनाइस टि २० कपको फाइनल खेल आइतबार ब्रिजवेनमा । एक्सपर्ट र ब्राइटन भिड्दै

नाइस टि २० कपको फाइनल खेल आइतबार ब्रिजवेनमा । एक्सपर्ट र ब्राइटन भिड्दै


ब्रिजवेन/ विगत ५ महिना देखि जारी नाइस होम्स टि २० कप क्रिकेट प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १२ तारिख आइतबार हुने भएको छ । बिहान १० बजे ब्रिजवेनस्थित क्लेफिल्डको कलिंगा पार्कमा फाइनल खेल हुने तय भएको हो । कुइन्सल्याण्ड राज्यका ८ वटा नेपाली क्रिकेट टिमबिच लिग प्रतियोगिता भएको हो । अन्य टिमलाई पछि पार्दै फाइनलमा एक्सपर्ट नेपलिज क्रिकेट क्लब, ब्रिजवेन र ब्राइटन ब्रिजवेन नेपलिज क्रिकेट क्लब पुग्न सफल भएको छ । क्रिकेटको माध्यमबाट नेपाली समुदायलाई जोड्न र खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि कुइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसनले प्रतियोगिताको आयोजना गरेको हो ।


अप्रिल १८ तारिखबाट सुरु भएको खेलमा हालसम्म ८ टिमका १ सय १० खेलाडीले खेलिसकेका छन् । प्रतियोगिताकै बिचमा एशोसियसनसंग थप दुइ टिम पनि आवद्ध भइसकेको छ । हालसम्म ३५ वटा खेल आयोजना भइसकेको छ । आइतबारको फाइनल ३६ औं खेल हुनेछ । प्रतियोगितामा ब्रिजवेनका ६, टोअम्बा र सनसाइनकोष्टको १/१ गरि ८ वटा टिम सहभागी भएको हो । नेपाली र नेपालीमुलका खेलाडी सहभागी टिमले मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएकाले यस प्रतियोगिताले नयाँ पुस्तालाई क्रिकेटमा लाग्न प्रेरित गर्ने एशोसियसनका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो । विजयी टिमलाई अवार्ड र नगद पुरस्कार प्रदान गरिनेछ । फाइनल खेल हेर्नका लागि प्रवेश निशुल्क गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई ब्रिजवेनस्थित नाइस होम्सले प्रायोजना गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ