Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsक्लव बार्सा छाडेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पीएसीमा, तलब वार्षिक ४ करोड युरो

क्लव बार्सा छाडेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पीएसीमा, तलब वार्षिक ४ करोड युरो


एजेन्सी, काठमाडौं । २१ वर्षपछि स्पेनिस क्लव बार्सिलोना छाडेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने निश्चित भएको छ । मेसीले केही साताभित्र सो क्लवसँग दुई वा तीन वर्षको सम्झौता गर्ने भएका हुन ।

पीएसजीले मेस्सीलाई वार्षिक ४ करोड युरो (करबाहेक) तलव दिने छ, जुन सो क्लवका अर्का स्टार नेयमारको भन्दा ५० लाख युरो बढी हो । मेस्सीलाई यसअघि पीएसजीले नै योभन्दा अलि बढी रकमको प्रस्ताव गरेको थियो । यद्यपि, अहिलेको प्रस्तावमा पनि मेस्सी सन्तुष्ट रहेको बताइएको छ । मेस्सीका बुवा तथा एजेन्ट जर्जले पीएसजीका प्रतिनिधिसँग चाँडै वार्तालाप बताइएको छ । पीएसजी त्यही क्लव हो जसले २०२० २१ को च्याम्पिन्यस लिग जित्ने मेस्सीको सपना चकनाचुर पारेको थियो ।

बार्सिलोनाबाट अलग्गिएपछि मेस्सीले आइतबार पहिलोपटक पत्रकार सम्मेलन गर्ने आँकलन गरिएको छ । पत्रकार सम्मेलनमा मेस्सीले क्लवबाट अलग्गिनुपर्दाका पीडा साथै भावी योजनाका बारेमा जानकारी दिनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ