Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड–१९ अपडेट : देशभर १ लाख ५९ हजार संक्रमित पहिचान हुँदा काठमाडौं उपत्यकामा मात्रै ६९ हजार ७२०

कोभिड–१९ अपडेट : देशभर १ लाख ५९ हजार संक्रमित पहिचान हुँदा काठमाडौं उपत्यकामा मात्रै ६९ हजार ७२०

आइसीयू र भेन्टिलेटरमा ३४६ संक्रमित उपचाररत


काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ हजार ७४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको हो ।

संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् । गएको २४ घण्टामा मात्रै देशका विभिन्न अस्पतलबाट ४ हजार ५ जना डिस्चार्ज भएका हुन् । अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा थप १५ जना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

आइसीयू र भेन्टिलेटरमा ३४६ संक्रमित उपचाररत
देशभरका विभिन्न अस्पतालको आइसीयूमा २८५ जना र भेन्टिलेटरमा ६४ जना कोरोना संक्रमित उपचाररत छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १८२ जना आइसीयूमा र ४३ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ४३, प्रदेश १ मा २८, गण्डकी प्रदेशमा १३, प्रदेश २ मा १० सुदुरपश्चिममा ५ र कर्णाली प्रदेशमा ४ जना संक्रमित आईसीयूमा उपचाररत छन । यस्तै, प्रदेश १ मा १०, लुम्बिनी प्रदेशमा ८, प्रदेश २ मा २ र गण्डकी प्रदेशमा १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका
काठमाडौं उपत्यकामा सोमबार मात्रै ८९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या ६९ हजार ७२० पुगेको छ । संक्रमण पुष्टि हुनेमध्ये अहिले पनि उपत्यकामा २२ हजार ३२९ सक्रिय केस रहेका छन् । काठमाडौंमा १८ हजार ३७४, ललितपुरमा २ हजार ५२० र भक्तपुरमा १ हजार ४३५ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये काठमाडौंका १० हजार ५०१, ललितपुरका २ हजार ४९५ र भक्तपुरका १ हजार ७१९ संक्रमित होम आइसोलेसनमा छन् । हालसम्म उपत्यकाभर कोभिड १९ संक्रमणबाट ५१५ जनाको मृत्यु भएको छ । काठमाडौंमा १९८, ललितपुरमा ५५ भक्तपुरमा ५७ जनाले ज्यान गुमाएका हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ