Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाललाई १ दशकपछि टी–ट्वान्टी विश्वकप खेल्ने मौका,यूएई ८ विकेटले पराजित !

नेपाललाई १ दशकपछि टी–ट्वान्टी विश्वकप खेल्ने मौका,यूएई ८ विकेटले पराजित !

मुलपानी मैदानमा नेपाली समर्थकको खुसियाली


काठमाडौं । नेपाल एक दशक लामो प्रतिक्षापछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल छनोट भएको हो ।

नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले ३५, गुलशन झाले २२ रनको योगदा दिए । कुशल भुर्तेलले ११ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरको यूएईले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३४ रनको चुनौती प्रस्तुत गरेको थियो । यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए । मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिएका थिए ।

एसिया छनौटको सेमिफाइनल, अझ टि-२० विश्वकप छनौटको प्रतिस्पर्धा भएकाले मुलपानी मैदान वरपर नेपाली क्रिकेट प्रेमी,समर्थकहरुले भरिभराउ बनेको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ