Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा राज्य अनुसार दशैंको टिकाको साइत यस्तो छ

अष्ट्रेलियामा राज्य अनुसार दशैंको टिकाको साइत यस्तो छ


ब्रिजवेन
हिन्दू धर्मावलम्वीहरुको महान् पर्व दशैं आगनमै आइपुगिसकेको छ । अष्ट्रेलियामा पनि विजया दशमी हरेक वर्ष धुमधामले मनाउदै आइएको छ । तर, यसपाली कोरोना महामारीका कारण दशैं पहिलेको जस्तो धुमधाम नभएपनि, मानिसहरुले घरघरमै केही इष्टमित्र भेटघाट गरेर मनाउने तयारी गरिरहेका छन् । पहिलेका वर्षहरुमा जस्तो यसपाली दशैं विशेष सार्वजनिक कार्यक्रमहरु अष्ट्रेलियामा भएका छैनन् । तर, कोरोनाकै कहरका बिचमा पनि अष्ट्रेलियाका नेपालीले घरघरमै विधीपुर्वक दशैको जमरा राख्नेदेखि पुजापाठ गर्ने कार्य भने गरिरहेका छन् ।

दशैको जमरा राख्ने देखि टिकासम्मको साइत नेपाली हिन्दू समाज अष्ट्रेलियाले तय गर्दै आएको छ । यसपालीको दशैको टिकाको साइत राज्य अनुसार फरक फरक छ । अष्ट्रेलियामा ६ वटा समय क्षेत्र छ । त्यहा समय पनि फरक फरक छन् । त्यसैले अष्ट्रेलियाको समय क्षेत्र अनुसार समाजले टिकाको साइत निर्धारण गरेको छ । समाजले जारी गरेको विज्ञप्ती अनुसार दशैको दिन अर्थात अक्टोबर २६ तारिखमा सबैभन्दा पहिलो टिकाको साइत नर्दन टेरिटोरीमा बिहान ९ बजेर ११ मिनेटमा छ । त्यस्तै सबैभन्दा ढिला टिकाको साइत चाहिं साउथ अष्ट्रेलियामा बिहान १० बजेर ५७ मिनेटमा रहेको छ ।
दशैंको टिकाको साइत न्यु साउथ वेल्स राज्यमा बिहान ९ बजेर ४३ मिनेटमा छ भने भिक्टोरियामा बिहान ९ बजेर ५३ मिनेटमा टिका लगाउने साइत जुरेको छ । कुइन्सल्याण्ड राज्यमा ९ बजेर ५१ मिनेटमा साइत छ भने क्यानवेरामा बिहान ९ बजेर २७ मिनेटमा टिका लगाउन मिल्ने छ । तास्मानियामा बिहान ९ बजेर २१ मिनेटमा साइत छ भने वेष्टर्न अष्ट्रेलियामा बिहान १० बजेर ३५ मिनेटमा टिकाको साइत छ ।
टिकाको शुभ समय सुरु भएपछि माता दूर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनको हातबाट ग्रहण गर्न मिल्ने समाजले जनाएको छ । त्यस्तै यस वर्षको टिका पश्चिमतर्फ फर्किएर लगाउदा शुभ हुने समाजको भनाई छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ