Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोमा कोरोना संक्रमण

विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोमा कोरोना संक्रमण


एजेन्सी । विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो । पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डो आइतबार राति मात्रै फ्रान्सविरुद्वको खेलमा मैदान उत्रिएका थिए ।

नेसन्स लिग अन्तरगतको उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो । कोरोना संक्रमित भएसँगै ५ पटकका बालन डि ओर विजेता रोनाल्डो अबको केही दिन आईसोलेसनमा बस्ने भएका छन् । Photo:  facebook page Cristiano Ronaldo



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ