Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentडा. केसीलाई भेट्न किन गइन अभिनेत्री ऋचा शर्मा ? भनिन – “ज्यान जोखिममा छ”

डा. केसीलाई भेट्न किन गइन अभिनेत्री ऋचा शर्मा ? भनिन – “ज्यान जोखिममा छ”


काठमाडौँ । डा. गोविन्द केसी स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा क्षेत्र सुधार लगायतका विभिन्न माग राखेर अनसन बसेको २२ औँ दिन । उनको मुटुको धड्कन र छातिमा दुखाइ बढ्दो क्रममा छ । श्वासको गतिमा गडबढ भएपछि अक्सिजन माक्स लगाइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक विभागको एउटा कोठामा स्वास्थ्यका यी जटिल समस्यासँग जुधिरहेका डा. केसीलाई भेट्न अनसनको २१ औँ दिनमा अभिनेत्री ऋचा शर्मा महाराजगञ्ज पुगिन् । डा. केसीको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकहरु भन्दै थिए– “अनसन बसेको २१ दिनसम्म पनि सरकारको तर्फबाट कुनै चासो र प्रयत्न भएन् ।” कोरोना महामारीको कारणले छुट्टै बसेका केसीलाई हरेपछि अभिनेत्री केसीले परिवारलाई भेटिन् । समर्थनमा हस्ताक्षर गरिन् र हातमा प्लेकार्ड बोकेर अनसनको समर्थन गरिन । प्लेकार्डमा लेखिएकको थियो ‘आइएम विथ डा.केसी’

१९औँ पटक जुम्लाबाट सुरु भएको उनको यो सत्याग्रह राष्ट्रिय ट्रमा सेन्टर हुँदै अहिले त्रिवि शिक्षण अस्पतालको शैयामा समेत जारी छ । केसीको माग पूरा गर्नको लागि दबाब दिनेको जमात माइतीघरबाट देशका विभिन्न ठाउँमा समेत विस्तार हुँदैछ । डा. केसीको अनसन र मागमा ऐक्यबद्धता जनाउन पुगेकी ऋचा भन्छिन– “महामारिको समयमा भ्रष्टाचार किन रोकिएन ? राजनीतिक क्रियाकलापहरु केही पनि रोकिएका छैनन्, डा. केसीको अनसन र माग कसरी बेमौसमी ?” आफूजस्ता युवापिढीबाट गलत व्यवस्था विरुद्धको लडाइमा होमिएका डा.केसीको पक्षमा समर्थन र हातेमालो गर्न ऋचाको आग्रह छ । अहिले उहाँलाई गाह्रो छ, उहाँ एक्लै हुनुहुन्छ । तर यो डा. केसीको माग मात्र हैन, आम नेपाली जनताको माग हो । ऋचाले भनेकी छिन् । ऋचा शर्मा लगायतका कलाकार डा. केसीको १५औँ अनसनदेखि सडकमा नै आएर समर्थन गरिरहेका छन् ।

अभिनेत्री ऋचा शर्माले सरकारलाई ध्यानाकर्षण गर्दै भनेकि छिन– “निर्लज्जताको सिमा नाघिसक्यो,दुई तिहाइ सरकारको काम गर्ने शैली हेरेर युवाहरु दिक्क छन्, डा. केसीको मुद्दा चाँहि यो सरकारले सुन्नैपर्छ । सरकार माग पूरा गरिसक्यौँ भन्दै पन्छिन खोजिरहेको छ । डा. केसीको ज्यान जोखिममा छ । उहाँको ज्यान गएपनि सरकारले बिर्सन नहुने कुरा यो छ डा. केसी जस्ता अरु धेरै जन्मिसकेका छन्, जसले उनले उठाएको मुद्दालाई कदापी मर्न दिँदैनन् ।” अहिले माग र मुद्धा भन्दा पनि डा. केसीको स्वास्थ्य के हुन्छ भन्ने नै ठूलो चासोको विषय बनेको छ । गायक अमृत गुरुङले भेटका क्रममा डा. साप्, जीवन रहे अरु चिज गरौँला भन्दै सम्झाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ