Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसेनाको मेजर हुँँ भन्दै धम्क्याउँदै हिड्ने प्रहरी फन्दामा

सेनाको मेजर हुँँ भन्दै धम्क्याउँदै हिड्ने प्रहरी फन्दामा


काठमाडौं –  नेपाली सेनाको मेजर भनेर धम्क्याउदै हिड्ने एक व्यक्ति पक्राउ परेका छन् । गएराति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा सुरेश विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर गोदावरी नगरपालिका चापागाउँका मानिसलाई धम्काउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । वृत्त चापागाउँका प्रमुख डीएसपी कृष्णराज ओझाले पक्राउ परेका विष्टले २०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी २०६३ वैशाख ११ गते बर्खास्त भएका ब्यक्ति हुन् । उनको साथबाट सेनाको बर्दीसहित १ थान कपडा पनि बरामद गरिएको छ । ‘उनलाई हिरासतमा राखी अनुसन्धान गरिराखिएको छ,’ उनले भने, ‘सेनाको मेजर भनेर ठगी गरेको छ छैन त्यसको अनुसन्धान गरिन्छ । केही नगरेको भेटिए पनि उनलाई सेनाको पोशाक दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन्छ ।’

प्रहरीले व्यारेकमा फोन गर्दा विष्ट नक्कली मेजर रहेको थाहा भएको डीएसपी ओझाले भने । विष्टले आफू कंङ्गो जान जान लागेको भन्दै यसभन्दा अगाडिका डिएसपी र गोदावरी नगरपालिकाका मेयरसँग बसेरसँगै चिया खाएको प्रहरीले जनाएको छ । उनको घर गोदावरी नगरपालिका वडा नं. २, विष्टछाप हो । उनी जग्गासम्बन्धी कारोबार गर्ने स्रोतले बतायो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ