Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतिय सिमामा अलपत्र नेपालीको व्यथा । सिएनएन हिरोले बाडिन् खाना । (भिडियो रिपोर्ट)

भारतिय सिमामा अलपत्र नेपालीको व्यथा । सिएनएन हिरोले बाडिन् खाना । (भिडियो रिपोर्ट)


सरला थापा/काठमाडौ
हामी मध्ये धेरैले याे महामारीकाे समयमा सुरक्षित रुपमा घरभित्रै बस्ने माैका पाएका छाै । तर, सिमा पारीकाे अवस्था कहाली लाग्दाे छ । हजाराै नेपाली कामदार सुरक्षित स्थानकाे आशामा अझ भनाै नेपालमा रहेकाे आफ्नाे घरमा पुग्ने सपना बाेकेर थकान र कष्टकर यात्रामा निस्किएका छन् ।
परदेशी भूमिबाट घरकाे यात्रामा निस्किएका ती हजाराै हाम्रा दाजुभाई र दिदिबहिनीहरुकाे अवस्था कष्टकर मात्रै छैन, खतरनाक र प्रदुषित समेत छ ।
सरकारले ती कामदारहरुकाे यात्रालाई नियमन त गर्न खाेजेकाे छ तर, हरेक दिन जसाे सयाैकाे संख्यामा भित्रिने त्यस्ता नेपाली कामदारकाे व्यवस्थापनमा भने समस्या देखिएकाे छ ।
भिडियो कथा यस्तो छ । 

काेराेना भाईरसकाे संक्रमण नियन्त्रण गर्न सरकारले लक डाउन गरेकाे पनि दुई महिनाभन्दा बढी समय नाघिसकेकाे छ ।
भारतबाट घर फर्किरहेका नेपाली कामदारकाे दयनिय अवस्थाका बारेमा सामाजिक संजालमा चर्काे आवाज उठेपछि कर्णालीमा स्वयंसवकहरुले केही खानेकुरा र पानी वितरण सुरु गरिएकाे छ । त्यस्ताे व्यवस्था गर्ने मध्ये एक हुन् म्यागी डाेनी र उनकाे समुह । म्यागी सिएनएन हिराे मात्रै नभएर थुप्रै नेपाली बालबालिकाकाे आमा पनि हुन् । म्यागीले सुर्खेतमा काेपिला भ्याली स्कुल संचालन समेत गरेकी छिन । म्यागी र उनकाे समुहले वितरण गरिरहेकाे यस्ताे राहत खानकुरा र पानी बिना यात्रा गरिरहेकाहरुका लागि निकै ठुलाे सहयाेग बनेकाे छ । याे स्वयमसेवक समुहले यस्ताे संकटकाे घडीमा देखाएकाे सेवाभाव प्रसंशा लायक छ । याे समुहले नेपाल फर्किएका यी मानिसविरुद्ध देखिएकाे विराेध भाव कम गर्न समेत अनलाईन अभियान सुरु गरेका छन् । उनीहरुले नेपालीलाई माया र साथ दिएर नेपालमा स्वागत गराै भन्ने भावना विकास गराउन मेहनत गरिरहेका छन् । भिडियाेमा देखिएकाे याे दृश्यले झल्काउछ संकटमा परेका हाम्रा दिदिबहिनी र दाजुभाईलाई हामी सिंगाे राष्ट्र हातमालाे गरेर उद्दार गर्न सक्छाै । म र तपाइ घरमै बसेर पनि याे सन्देश सेयर गरेर वा याे अभियानमा आर्थिक सहयाेग गरेर आफ्नाे याेगदान दिनसक्छाै ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ