Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए १० नयाँ संक्रमित, १ सय २० मा कोरोना पुष्टि

नेपालमा थपिए १० नयाँ संक्रमित, १ सय २० मा कोरोना पुष्टि


काठमाडौं । थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० मा नयाँ संक्रमित पहिचान भएसँगै कोरोना संक्रमितको संख्या १ सय २० पुगेको हो ।

भारतबाट लुकिछिपि आउनेबाट बढ्दै जोखिम

संक्रमित मध्ये एक जनाको उमेर नखुलेपनि अन्य १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष रहेका छन् । लकडाउनको समयमा अर्थात पछिल्लो १० दिनभित्र भारतको महाराष्ट्रबाट लुकिछिपी आएका उनीहरु क्वारेन्टाइनमा राखिएको समयमा कोरोना पोजेटिभ देखिएका हुन । यसले भारतीय भूमीबाट लुकिछिपि नेपाल भित्रिनेहरुबाट कोरोना महामारी फैलिने त्रास बढेको छ । पछिल्लो समय पहिचान भएका अधिकांश संक्रमित भारत हुँदै नेपाल आएकाहरु छन् ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित पहिचान भएका सबैको स्वास्थ्य सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । कपिलवस्तुमा थप १० जनामा संक्रमण देखिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यसअघि बाँकेमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २७, बाँकेमा २४ तथा कपिलवस्तुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ जना उपचारपछि कोरोना मुक्त भएर घर फर्किए छन् भने तीनजना पुनः संक्रमण देखिएसँगै अस्पताल भर्ना भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ