Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा कोरोना प्रभाव : बैशाख २५ सम्म लकडाउन, जेठ २ सम्म आन्तरिक तथा बाह्य उडान बन्द

नेपालमा कोरोना प्रभाव : बैशाख २५ सम्म लकडाउन, जेठ २ सम्म आन्तरिक तथा बाह्य उडान बन्द


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालमा पाँचौँ पटक लकडाउन थपेर बैशाख २५ गते मध्यरातसम्म पुर्याइएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले बैशाख १५ गतेसम्म तोकिएको लकडाउनमा १० दिन थपेर २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन जारी राख्नुपर्ने बताउनुभएको थियो । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने प्रधानमन्त्रीको धारण थियो । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष सहित एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने निर्णय गरेको सरकारले यसअघी नै जेठ दुई गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान रोक्ने निर्णय गरिसकेको छ । लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने बारे केही खुलाइएको छैन । पछिल्लो समय लकडाउनकै बेलामा काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट मिलिरहेको छ । चैत ११ बाट सुरु गरिएको लकडाउन पाँचौँ पटक थपिएपनि कोरोना संक्रमितको संख्या बढिरहँदा बैशाख १५ बाट स्थगन हुन्छ वा लम्बिन्छ अझै अनिश्चित छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ