Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा रोजगारीसँगै तलब वृद्धि, नेपालीलाई लाभ !

अमेरिकामा रोजगारीसँगै तलब वृद्धि, नेपालीलाई लाभ !


काठमाडौं । अमेरिकामा रोजगारीको अवसरसँगै तलब समेत बढेको छ । फेब्रुअरीमा गैर–कृषि क्षेत्रमा २ लाख ७५ हजार नयाँ रोजगारी सृजना हुँदा तलब समेत बृद्दी भएको हो ।

श्रम मन्त्रालयको श्रम तथ्यांक विभागको तथ्यांकले अघिल्लो २ महिनामा रोजगारी सृजना प्रारम्भिक अनुमानअनुसार नभएपछि बेरोजगारी दर बढेर ३ दशमलव ९ प्रतिशतमा उक्लिएको थियोे । फेब्रुअरीमा अमेरिकी अर्थतन्त्रले १ लाख ९८ हजार रोजगारी सृजना गर्ने अनुमान दाउ जोन्सले गरेको जनमत सर्वेक्षणमा सहभागी भएका अर्थशास्त्रीहरूको अनुमान थियो । गएको वर्ष डिसेम्बर र यो वर्षको जनवरीमा अमेरिकी अर्थतन्त्रले अपेक्षाकृत न्यून रोजगारी सृजना गरेको संशोधित तथ्यांकले देखाएको थियो ।

यता, समीक्षा अवधिमा औसत घण्टाको तलब शून्य दशमलव १ प्रतिशतले बढेको छ । यो यस अघिको अनुमान भन्दा शून्य दशमलव १ प्रतिशतले कम हो । जनवरीमा घटेको औसत काम शून्य दशमलव १ प्रतिशत अंकले बढेको छ । साप्ताहिक औसत काम ३४ दशमलव ३ घण्टा रहेको बताइएको छ ।

आर्थिक मन्दिको अवस्थामा सुधार आएपछी हरेक क्षेत्रमा रोजगारीसँगै तलब समेत बढ्न थालेको छ । शिक्षा लगायतका अवसर खोज्दै अमेरिकामा पुगेका युवाहरु समेत यसबाट लाभान्वित हुने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ