Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई झण्डै २४ लाखको छात्रवृत्ति दिदै

नेपालट्युबले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई झण्डै २४ लाखको छात्रवृत्ति दिदै

यसरी पाउन सकिन्छ


ब्रिजबेन । अष्ट्रेलियास्थित नेपाली समूदायको हकहितका पक्षमा सञ्चारकर्म गरिरहेको नेपालट्युब अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै नेपालट्युब न्यू एबिलिटी छात्रबृत्ति उपलब्ध गराउने भएको छ । अष्ट्रेलियामा आईटी शिक्षा र परामर्शका क्षेत्रमा काम गरिरहेको टेक स्किल ईन्स्टिच्युटसँगको सहकार्यमा ३ महिनामा २ र एक वर्षमा ८ जना विद्यार्थीलाई जबरेडी प्रोग्राम अन्तर्गत छात्रबृत्ति उपलब्ध गराउन लागिएको हो ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई आईटी रोजगारीका लागि सहयोगी हुने जबरेडी प्रोग्राम अध्ययनका क्रममा एक वर्षे छात्रबृत्ति प्याकेजको योजना ल्याइएको नेपालट्युबका सम्पादक सरल गुरुङले जानकारि दिनुभएको छ । ३ महिनाको एक पटक दिइने छात्रबृत्तिमा एक जना सिड्नीबाट र एक जना मेलबर्नबाट गरेर २ जना छनौँट हुनेछन् । क्रमसः तीन तीन महिना गरेर एक वर्षमा ८ जनाले प्रति व्यक्ति ३ हजार २ सय ९० बराबरको छात्रबृत्ति पाउनेछन् । एक वर्षमा २६ हजार ३ सय २० अष्ट्रेलियन डलर अर्थान नेपाली २३ लाख ७४ हजार रुपैया बढीको छात्रबृत्ति वितरण हुनेछ ।

नेपाल ट्युब अष्ट्रेलियाले दुबै पक्षले तयार पारेको कार्यबिधिमा बसेर हाईब्रिड मोडलमा जेहेन्दार, मेहनति र आर्थिक रुपमा समस्यामा परेका विद्यार्थी,अझ महिला, अल्पसंख्यक, जनजाति, दलित र यौनिक अल्पसंख्यकहरुको समाबेशी मोडललाई समेत आत्मसाथ गरेर छात्रवृत्तिका लागि विद्यार्थी छनौँट गर्नेछ । छात्रबृत्ति योजनामा नेपालट्युबका तर्फबाट सम्पादक सरल गुरुङ र टेक स्किल ईन्स्टिच्युटका तर्फबाट सञ्चालक बिराज भँडेलले नेपालट्युब न्यू एबिलिटी छात्रबृत्ति योजनासहितको जबरेडी प्रोगामको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । टेकस्किलका सञ्चालक भडेलले आइटी क्षेत्रमा जागरि पाउन चाहिने प्राविधिक दक्षता, कामको योग्यता, अन्तरवार्ताको क्षमता अभिबृद्धि, औद्योगिक सर्टिफिकेट लगायतका क्षेत्रमा यो प्रोग्राम धेरै सहयोगी बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक भडेलले नेपालट्युबसँगको सहकार्यमा पाएको छात्रवृत्तिले विद्यार्थीको भविश्य उज्जल होस भन्ने कामना गर्नुभएको छ ।

यो छात्रवृत्ति अष्ट्रेलियामा बस्ने र आइटी ग्राजुएट अध्ययन गरिरहेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गरिने भएकाले र निश्चित कोटा रहेकाले तपाई आफ्नो सिट सुरक्षित गर्नसक्नुहुनेछ । छात्रबृत्तिका लागि छनौँट भएर ३ महिने आईटी रोजगारी शिक्षा लिन चाहानुहुन्छ भने यथासक्य छिटो यो लिंकमा गएर आफ्नो नाम सुरक्षित गर्न सक्नुहुनेछ । टेकस्किल ईन्स्टिच्युटको यो अभियानले आईटी क्षेत्रमा करियर खोजेकाहरुलाई ठूलो सहयोग पुग्ने आशा गरिएको छ । यस्तै, अष्ट्रेलियाको आईटी क्षेत्रमा उत्कृष्ट शिक्षा दिदैआएको टेकस्किल ईन्स्टिच्युटले छात्रबृत्ति अभियानका साथसाथै रकडेलमा नयाँ शाखा समेत विस्तार गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ