हिँउ खेल्न हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु । (भिडियो सहित)
 Source- ABC News
 व्रिजवेन
सिड्नीबाट हिँउ खेल्न स्नो माउण्टेन हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि ज्यान गएको छ । 
मृत्यु हुनेमध्ये एक पुरुष र महिला रहेको क्यानवेरास्थित नेपाली राजदुतावासले जनाएको छ । उनीहरु दुबै २० वर्ष उमेर समुहका विद्यार्थी हुन् । 
अन्य तीन घाईतेमध्ये एकको कोमा र दुईको क्यानवेरा अस्पतालमा उपचार भईरहेको छ । उनीहरु सबै खतरामुक्त रहेको कार्यवाहक राजदुत दुरपदा सापकोटाले जानकारी दिनुभयो । घाईतेलाई हेलिकप्टरबाट क्यानवेरा लगिएको थियो ।
दुर्घटना आईतबार बिहान पौने चार बजे भएको हो । पाच जना सवारी कार क्यानवेरा नजिकै मोरना हाईवेमा दुर्घटना भएको हो । 
मृतकको पहिचान प्रहरीले गोप्य राखेको । तर, घाईतेसंग कुराकानीमा मृत्यु हुने महिला सुवेदी र पुरुष भण्डारी थरको रहेको बुझिएको छ ।
शनिवार सिड्नीबाट १५ जनाको टोली ३ छट्टाछुट्टै कारमा स्नो माउण्टेन हिडेका थिए । दुतावासका अनुसार उनीहरुले क्यानवेरा नजिकै उडन रिजर्भ भन्ने स्थानमा क्यापिङ गरेका थिए । 
१० जनाको टोली रातमा त्यहि स्थानमा बसेका थिए । तर, ५ जना भने राति नै स्नो माउण्टेन तर्फ लागेका थिए । 
५ जना सवार गाडीबाट मृतक भनिएकी युवतीले फेसबुक लाईभ समेत गरेकी छिन् ।लाईभ भिडियोमा उनीहरु गित गाउदै निकै खुसी मनाईरहेको देखिन्छ । 
उनीहरु त्यहि बास नबसी किन मध्य रातमा हिडे ? भन्ने विषयमा दुतावासले पनि खोजी गरिरहेको कार्यवहाक राजदुत सापकोटाले बताउनुभयो ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au





 
 
 
 









 
 
 
तपाईको प्रतिक्रिया