Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsमिस नेपाल अनुष्का श्रेष्ठ ब्रिजवेन आउदै । सबैलाई हातेमालो गर्न अनुरोध ।

मिस नेपाल अनुष्का श्रेष्ठ ब्रिजवेन आउदै । सबैलाई हातेमालो गर्न अनुरोध ।


व्रिजवेन
सिन्धुपाल्चोकको सोलसिंह गाउमा दिगो विकास गर्ने आफ्नो अभियानका लागि सहयोग जुटाउन मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ अहिले अष्ट्रेलियाको विभिन्न शहरमा दौडधुप गरिरहेकी छिन् ।
चरम गरिबी र अशिक्षाबाट पिल्सिएको सोलसिंह चेलबेटी बेचबिखन र मृगौला तस्करी हुने गाउको रुपले समेत चिनिन्छ ।
गाउको त्यहि दयनिय अवस्था उकास्नका अनुष्काले ‘व्युटी विथ प्रपोज’ टाईटलका लागि सोलसिंह गाउ छनोट गरेकी हुन् ।
अनुष्का भन्छिन् -‘मैले टाईटल जित्नेसंग भन्दा पनि १४० घरधुरीको भविष्य उज्जव बनाउन म लागि परेको हो ।’ 

किड्नी गाउकाे मुहार फेर्दै मिस नेपाल अनुष्का 

अष्ट्रेलियामा ५ वर्ष काम गरेर जम्मा गरेको पैसाबाट अनुष्काले गाउमा कार्पेट उद्योग खोल्न आवश्यक सरसामान किनिसकेकी छिन् ।
झण्डै ७० लाख खर्च हुने उक्त परियोजनाका लागि पैसा अभाव हुन थालेपछि अनुष्का सहयोग जुटाउन अष्ट्रेलिया आएकी हुन् ।
त्यहि अभियानस्वरुप अनुष्का यहि बिहिबार व्रिजवेन आउन लागेकी हुन् ।
व्रिजवेनको ८८४८ मम हाउसले अनुष्काको योजनामा सहयोग गर्न च्यारिटी नाईटको आयोजना गरेको छ ।
नेपालको पहिचानसंग जोडिएको मिस नेपालको परियोजनामा सहयोग गर्न पाउदा खुसी लागेको हाउसका संचालक होम प्यासीको भनाई छ ।
कार्यक्रममा अनुष्काले आफ्नो अभियानका बारेमा जानकारी गराउनेछिन् । त्यस्तै सहभागीले अभियानमा सहयोग समेत गर्न सक्नेछन् ।  
मम हाउसले बिहिबार एक दिनको आम्दानीको १५ प्रतिशत रकम समेत मिस नेपालको अभियानमा सहयोग गर्ने प्यासीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी भएर आफ्नो परियोजनामा हातेमालो गर्न अनुष्काले सबै ब्रिजवेनवासीलाई अनुरोध गरेकी छिन् ।
अनुष्काको परियोजनाका लागि यसअघि मेलवर्नमा च्यारिटी भईसकेको छ । शनिवार सिड्नीमा पनि च्यारिटी हुदैछ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ