Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा जम्दै नेपाली कलाकार, ‘यहीं कतै २’ मा जेनिशा र कमलको रोमान्स ! (भिडियोसहित)

अष्ट्रेलियामा जम्दै नेपाली कलाकार, ‘यहीं कतै २’ मा जेनिशा र कमलको रोमान्स ! (भिडियोसहित)


काठमाडौं । प्रबिशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै’ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ ।

प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई जेनिशा र कमल घिमिरेले अभिनय मार्फत पस्किएका छन् । समाजसेवा, मोडलिङ, गायन लगायतका विभिन्न विधामा जम्दैआउनुभएकी जेनिशा गौतमले म्युजिक भिडियो निर्देशनतर्फ भने पहिलो प्रयास गर्नुभएको हो ।

आखिर विभिन्न विधामा एकसाथ जम्दै आउनुभएकी जेनिशा को हुन त ?
ललितपुरको कुसुन्तीबाट १५ वर्षअघि उच्च शिक्षाका क्रममा जेनिशा गौतम अष्ट्रेलियाको सिड्नी पुग्नुभएको थियो । अष्ट्रेलिया बसाईका क्रममा मोडलिङ, गायनसँगै विभिन्न कन्सर्टको आयोजनामा उहाँ जम्नुभयो । समाजिक काममा समेत जेनिशा सक्रिय हुनुहुन्छ । नई एकेडेमी अष्ट्रेलियाको कल्चरल भ्वाईस प्रेसिडेण्ड समेत रहनुभएकी गौतमले इनाथ अष्ट्रेलियाको ट्रेजररका रुपमा समेत सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

जेनिशाको अभिनय एबम् स्वरमा यस अघि नै ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भएका छन् । नेपालबाट धेरै अफरहरु आएपनि अष्ट्रेलियामै व्यस्त रहनेगरेको जेनिशा बताउनुहुन्छ ।

अष्ट्रेलियामा छायांकन गरिएको को म्युजिक भिडियो जेनिसा इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । ओम गोरखालीको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौतमको निर्देशनमा भर्खरै बाहिरिएको भिडियो यो लिंकमा गएर हेर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ