Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरास्वपाबाट सञ्चारकर्मी मिलन लिम्बु बने इलाम–२ का सर्वसम्मत उम्मेदवार

रास्वपाबाट सञ्चारकर्मी मिलन लिम्बु बने इलाम–२ का सर्वसम्मत उम्मेदवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बुले उम्मेदवारी दिने तय भएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएर रास्वपाले लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाएको हो ।

कट्टर पहिचानवादीको पहिचान बनाएका लिम्बु नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको सचिव पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने भन्दै चुनाव प्रचारमा होमिनुभएको थियो । लिम्बुको बलियो सम्भावना देखिएपछि रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि अरुको उम्मेदवार स्थगन गराएको थियो । बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार सर्वसम्मत उम्मेदवार बनाएको छ ।

बिहिबारको छलफलमा ५ जना उम्मेदवारले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि प्ररम्भिक पनर्वाचन कार्यक्रम स्थगन भएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारि दिनुभएको छ । इलाम २ मा अहिले देखिएको चुनावी तयारी हेर्दा रास्वपा, नेपाली कांग्रेस र एमाले उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ