Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली विद्यार्थीको ९ हजार डलर झ्वाम,यसरी भएको थियो ठगी

सिड्नीमा एक नेपाली विद्यार्थीको ९ हजार डलर झ्वाम,यसरी भएको थियो ठगी


ब्रिजबेन । सिड्नीमा विश्वविद्यालय शुल्कको ३० प्रतिशत छुट पाइने प्रलोभनमा पर्दा एक जना नेपाली विद्यार्थी ठगिएका छन् । आफू पढिरहेको सीकीयू विश्वविद्यालयमा ३० प्रतिशत छुट मिलाइदिने भन्दै सम्पर्कमा आएका स्क्यामरको पछि लाग्दा नेपाली विद्यार्थीको ९ हजार डलर ठगिएको हो ।

होटल बुकिङ गरेर, अनलाईन व्यवसायका नाममा टन्न कमाइने प्रलोभनमा पारेर स्क्यामरले ठगि गरिरहेको घटना बारम्बार बाहिरिएपनि विश्वविद्यालय र कलेजको शुल्कमा सहुलियत मिलाइदिने भन्दै छुटका नाममा ठगि भएको घटना यो पहिलो हो । पीडित युवाले बैंकमार्फत आफूले पठाएको पैसा फिर्ता ल्याउने प्रयास गरेपनि सम्भव नभएको बताएका छन् । यतिबेला पीडित विद्यार्थीले उजूरी गरेर कानुनी लडाई थालेका छन् । बाहिर नआएका यस्ता घटनाहरु थुप्रै हुनसक्ने भन्दै यतिबेला स्क्यामवाच र सरकारी पक्षले अनुसन्धान अघि बढाइरहेको छ ।

घटना यस्तो थियो
सीकीयू विश्वविद्यालयमा पढिरहेका एक नेपाली विद्यार्थीलाई ३० प्रतिशत छुट मिलाइदिने भन्दै फोनमार्फत अफर आउँछ । सुरुवातमा विश्वास नगरेका उनी छुटको लोभले पछि अफर गर्ने समूहको प्रभावमा पर्छन र पटक पटक गरेर ९ हजार डलर उनीहरुले भनेअनुसार नै जम्मा गर्छन । यसरी पठाइएको पैसा विश्वविद्यालयमा तिरिएको खबर पाएपछि केही समय त ती नेपाली विद्यार्थी खुसिले गदगद पनि हुन्छन । तर केही दिनपहिले शुल्क तिरिएको खबर गर्ने विश्वविद्यालयले पैसा तिरिएको बिवरण सबै फेक भएको र शुल्क तिर्न आउन भन्दै इमेल गरेपछि छुटको लोभमा लोभिएका विद्यार्थी छाँगाबाट खसेजस्ता हुन्छ । जतिबेलासम्म उनले ९ हजार डलर गुमाइसकेका हुन्छन ।

यो घटनाले कुनै व्यापार व्यवसाय गर्दा वा कलेज पढ्दा आधिकारिक निकायको बैधानिक प्रक्रिया बाहिरबाट कुनै पनि आर्थिक कारोबार गर्न हुँदैन भन्ने शिक्षा दिएको छ । ठगहरुले विभिन्न आश्वासन बाँढेर वा लाभ पाईने भ्रम छरेर गरिरहेको ठगीमा पर्नुभन्दा पहिला बारम्बार सोचबिचार गरेर सचेत बनौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ