Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा कडा नियम, गाडी चलाउदा यी गल्ती भए ठाउँको ठाउँ ५५५ डलर जरिवाना !

भिक्टोरियामा कडा नियम, गाडी चलाउदा यी गल्ती भए ठाउँको ठाउँ ५५५ डलर जरिवाना !


ब्रिजबेन । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आजबाट सडक सम्बन्धी कडा नियम लागू भएको छ । जथाभावी मोवाइल फोन चलाए हुनसक्ने दुर्घटना रोक्न भन्दै ५ सय ५५ डलर जरिवाना र लाइसेन्सबाट ४ नम्बर घट्नसक्नेगरि कडा नियम लागू गरिएको हो ।

परिवर्तित सडक नियम अनुसार कार, मोटरसाईकल लगायतका सवारीसाधन चलाउँदा मोबाइल फोन, हातमा लगाएको स्मार्ट फोन (वा अन्य उपकरण ) छुन पाइनेछैन । माउन्टमा राखिएको, गाडीको इनबेल्ट स्कृन समेत अनावश्यक रुपमा छुन पाइने छैन । मोवाइल आदान प्रदान समेत गर्न नपाइने भएको छ । चालकसँगै यात्रुले चलाएको मोबाइल फोन र भिजुअल डिस्प्ले हेरेमा समेत कारबाहीको भागिदार हुनुपर्ने छ । जोखिम बढाउने कुनैपनि गतिबिधि फोन, भिडियो कल, एसएमएस रिसिभ र पठाउने काम आजबाट अबैद्य मानिने छ ।

अत्यावश्यक अवस्था बाहेकका अडियो फोनमा समेत प्रतिबन्ध लगाइएको छ । ड्राईभ थ्रुमा पैसा तिर्न, नेभिगेटर अत्यधिक चलाउन र गाडीका अन्य फङसनका लागि भने इनबेल्ट स्कृन चलाउन पाइनेछ । फुल लाइसेन्सको हकमा ल्याइका यी नियम भन्दा लर्नर र पीमा रहेका लाइसेन्सको हकमा थप कडाई गरिएको छ । लर्नर र पी लाइसेन्स बाहकले केही निश्चित काम बाहेकमा इनबेल्ट स्कृन चलाउन र म्युजिक बजाउन समेत पाउने छैनन । गाडी चलाउनुपूर्व नै यी प्रक्रिया पुरा गरेर चलाउनुपर्नेछ ।

कानुन उल्लंघन गरिदा यस्तो हुनेछ कारबाही
गाडी चलाउँदा मोबाइल फोन वा अन्य उपकरणको अवैध प्रयोग गरिएमा ठाउँको ठाउँ ५ सय ५५ अष्ट्रेलियन डलर जरिवाना हुनेछ । योसँगै लाइसेन्समा ४ डिमेरिट अंक प्राप्त हुनेछ । यदि सडक नियम उल्लंघनको यो मुद्दा अदालतमा पुगेर सुनुवाइ भयो भने अवैध मोबाइल फोन, उपकरण प्रयोग गर्नेले १ हजार ८४८ डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ । लर्नर र प्रोबेशनरी ड्राइभरहरूले आफ्नो इजाजतपत्र, लाइसेन्स नै गुमाउने छन् । एक वर्षमा चार भन्दा बढी डिमेरिट अंकहरू जम्मा गरेमा ३ वर्षमा लाइसेन्स नै खारेज हुनसक्छ ।

थप जानकारि चाहिएमा भिक्टोरियन सरकारको यो वेभसाईटमा जानुहोला


ट्याग : #आयो कडा नियम, #छोयो कि गयो New Road Rule in Victoria Australia #road #rule #victoria #melbourne #australia #nepaltube #mobilephone #driving #car #screen #license #drive #saralgurung
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ