Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएडिलेडका दुई सबवे आउटलेट विरुद्ध ३१ हजार डलर जरिवाना, कारण यस्तो

एडिलेडका दुई सबवे आउटलेट विरुद्ध ३१ हजार डलर जरिवाना, कारण यस्तो


ब्रिजबेन । एडिलेडका दुई सबवे आउटलेट र पूर्व निर्देशकले ३१ हजार डलर जरिवाना तिर्नुपरेको छ । तीन जना कामदारलाई कानुन अनुसारको भुक्तानी नदिएको भन्दै फेयरवर्क अम्बुडस्म्यानले दायर गरेको मुद्धामा सुनुवाई गर्दै संघीय अदालले ३१ हजार भन्दा बढी जरिवानाको आदेश दिएको हो ।

फैशलामा ग्लेनेल्गको जेट्टी रोडमा सबवे फ्रेन्चाइजी आउटलेटहरू र ग्लेनेल्गको बेसाइड गाउँ किनमेल केन्द्र सञ्चालन गर्ने दुई कम्पनीका पूर्व निर्देशक जेसन म्याथ्यू हुड विरुद्ध ५ हजार ४२५ जरिवाना तोकिएको छ । कामदारहरूलाई कुल २५ हजार ५९७ फिर्ता भुक्तानी उपलब्ध गराउन समेत अदालती आदेशमा भनिएको छ । २०१७ अगस्ट देखी २०१९ अक्टोबर बीच विभिन्न अवधिहरूमा आउटलेटमा कार्यरत तीन जना कामदारहरूलाई कानुन अनुसार तलब, सेवा सुविधा नदिएको बारे अनुसन्धान गरेर फेयरवर्क अम्बुडस्म्यानले अदालतमा मुद्धा दर्ता गराएको थियो ।

फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले कामदारमाथी ठगी गर्नेगरि व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सचेत गराउँदै कानुनी कारबाहीबाट गलत काम गर्ने कोही पनि बच्न नसक्ने बताउनुभएको छ । कानुन अनुसार तलब, सेवा सुविधा नपाउने कामदारहरुलाई कानुनी सहायताका लागि निशुल्क सेवा लिन पार्करले सबैलाई सचेत गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ