Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा बृद्धाबृद्धा कुट्ने नेपाली नर्सलाई ८ महिनाको कारागार सजाय, हिरासत भने बस्न नपर्ने !

सिड्नीमा बृद्धाबृद्धा कुट्ने नेपाली नर्सलाई ८ महिनाको कारागार सजाय, हिरासत भने बस्न नपर्ने !


ब्रिजबेन । सिड्नीमा बृद्धाबृद्धालाई कुटपीट गरेको स्विकार गरेकी एक नेपाली मुलकी एआईएन नर्सलाई ८ महिनाको कारागार सजाएको फैशला सुनाएको छ । मार्च १७ मा सिड्नीको पारामाटास्थित स्थानीय अदालतले ८ महिनाको कारागार सजाए सुनाएपनि यी नर्सले हिरासतबाहिरै बसेर कैद भुक्तान गर्न पाउने भएकी छिन् ।

समुदायमै बसेर सेवा मार्फत कैद सजाय भुक्तान गर्न पाउने छुट नेपाली मुलकी यी नर्सले पाएपनि यस्ता कानुन उल्लंघनका घटनामा संलग्न नहुन सचेत गराइएको छ । सन २०२२ मार्च ३० मा सिड्नीस्थित निवासबाट बृद्धबृद्धा कुटपिटको अभियोगमा सोधपुछका लागि पक्राउ गरिएकी नर्स मुद्धा अदालती प्रक्रियामा लगिएसँगै बाहिरै बसेर कानुनी लडाईमा थिइन । प्रहरीले उनीमाथी गम्भिर अभियोग समेत लगाएकोमा पछि सामान्य कुटपीटको मात्रै मुद्धा अघि बढाइएको थियो । आफूले काम गर्ने नर्सिङ होममा बृद्धाबृद्धामाथी सामान्य कुटपीट गरिएको बारे भने स्वयम नर्सले स्विकार गर्नुभएको थियो ।

हिरासत बाहिरै बसेर कैद भुक्तानी गर्नुपर्ने सुविधा यी नेपाली नर्सले पाएपनि आबेग वा रिसमा यस्ता कुटपिटका घटनामा संलग्न नहुने नेपाली समूदायका अग्रज बुद्धिजिविहरुले सुझाब दिएका छन् । अदालती मुद्धाका क्रममा भोग्नुपर्ने सास्ती, बेइजती लगायतबाट बच्न कानुनको परिपालनामा विशेष ध्यानदिन कानुन व्यवसायीहरुले समेत सुझाब दिएका छन् । सामान्य गल्तीले हिरासत र अदालत पुग्ने भन्दा बेलैमा सचेत भएर गल्ती नै नगर्ने कि !



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ