Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा तपाई नेपाली, भारतीय अनि एशियन फुड खादै हुनुहुन्छ, भेटियो गम्भिर लापरबाही !

अष्ट्रेलियामा तपाई नेपाली, भारतीय अनि एशियन फुड खादै हुनुहुन्छ, भेटियो गम्भिर लापरबाही !


ब्रिजबेन । तपाई अष्ट्रेलियामा हुनुहुन्छ र नेपाली, भारतीय अनि एशियन फुड खादै हुनुहुन्छ भने सचेत बन्नुपर्ने भएको छ । अष्ट्रेलियामा रहेका नेपाली, भारतीय र एशियन ग्रोसरी सपबाट म्याद गुज्रिएपछि समेत खाद्यान्न बेचबिखन भैरहेको पाइएको हो ।

तपाई यस्ता पसलबाट किनमेल गर्दै हुनुहुन्छ भने उत्पादन र म्याद गुज्रिने मिति स्पष्ट गरेर मात्रै खानेकुरा किन्न र खानुहोला । ब्रिजबेनमा ग्रोसरी पसल चलाउने विपिन कार्कीले अखाद्य वस्तु बेच्नेविरुद्ध अभियान नै चलाएर सबैलाई सचेत गराइरहनुभएको छ । नेपाल ट्युब अष्ट्रेलियाले समेत म्याद गुज्रिएका खाद्यवस्त पसलपसलमा पुर्याएर बिक्रि भैरहेको तथ्य फेला पारेको छ । कुनै पनि खाद्य वस्तुमा युज बाईका नाममा मिति टासिएको छ भने म्याद गुज्रिएपछि खान मिल्दैन । बेस्ट विफोर मिति हालिएका खाद्य वस्तु खान मिले पनि गुणस्तरिय नहुनसक्छन् । अष्ट्रेलियामा बेचिने खाद्य सामाग्रीमा कन्ट्री अफ वरिजिनको विवरण समेत टाँसिनुपर्ने कानुनी प्रावधान छ ।

जनस्वास्थ्यमाथी खेलवाड गर्नेलाई यस्तो हुनसक्छ कानुनी कारबाही
जानाजान मानव स्वास्थ्यमा खेलवाड गर्नेगरि म्याद गुज्रिएका वा अखाद्य वस्तु विक्रि वितरण गरेको पाइएमा अष्ट्रेलियाको कानुन अनुसार २ वर्षसम्म कैद, एक लाख जरिवाना वा दुबै सजाय हुनसक्छ । संस्थागत रुपमै यस्तो लापरबाही गरिएको पुष्टि भएमा ५ लाख जरिवाना तिर्नुपर्ने हुन्छ ।

तपाईको स्वास्थ्यमाथी खेलवाड गर्नेबारे उजूरी दिन चाहानुहुन्छ अष्ट्रेलियन कम्पिटिसन एण्ड कञ्जुमर कमिशनको यो लिंकमा जानुहोला ।
आम उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरेर आफूपनि जरिवाना र जेलको भागिदार नबनौँ, उपभोक्तासँगै विक्रेता समेत सचेत बनौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ