Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकामदार ठग्ने मेलवर्न र पर्थका दुई कम्पनीविरुद्ध अदालतमा मुद्धा, ४०/४० हजार जरिवाना माग

कामदार ठग्ने मेलवर्न र पर्थका दुई कम्पनीविरुद्ध अदालतमा मुद्धा, ४०/४० हजार जरिवाना माग


ब्रिजबेन । मेलबर्नस्थित एउटा नाई पसल र पूर्व सञ्चालकहरू विरुद्धको मुद्धा अदालत पुगेको छ । फेयरवर्क अम्बुडस्म्यानले दुईजना साझेदारका रुपमा कार्यरत कर्मचारिको गुनासोमाथी लामो अनुसन्धान गरेर संघीय अदलातमा मुद्धा दर्ता गराएको हो ।

कानुन अनुसार तलब, सेवा सुविधा नपाएको गुनासोपछि फेयरवर्क अम्बुडस्म्यानले अनुसन्धान अघि बढाएको थियो । नियामक निकाय फेयरवर्क अम्बुडस्म्यानले २०१८ मार्च र २०२१ जुन बीचको अवधिमा रेजरको एज बार्बरशप पीटीआई लिमिटेड मार्फत कामदारले पाउनुपर्ने सेवा सुविधा नपाएको निष्कर्ष निकालेको छ । बारबरसफ कम्पनीमाथी ३३ हजार ३ सय डलर र निर्देशमाथी ६ हजार ६६० डलर जरिवाना मागदाबी गरिएको छ ।

फेयरवर्क ऐनको राष्ट्रिय रोजगारी मापदण्ड अन्तर्गत कामदारको रोजगारी खारेज गरेपछि वार्षिक बिदा वापतका सबै भुक्तानी, कानुन अनुसारका सेवा सुविधा दिन सबैलाई आग्रह समेत गरिएको छ । २०२२ मार्चमा रेजरको एज बार्बरशपमा सूचना जारी गरिएसँगै अन्य कामदारलाई आंशिक रुपमा भुक्तानी गरिएको समेत फेयरवर्क अम्बुडस्म्यानले जानकारि दिएको छ ।

यता, पर्थस्थित एउटा सूचना प्रविधि कम्पनीले कामदारको न्यूनतम पारिश्रमिक र फेयर वर्क ऐनको राष्ट्रिय रोजगार मानक अन्तर्गत वार्षिक बिदा र व्यक्तिगत बिदाको कम भुक्तानी गरेको अभियोगमा समेत अर्को मुद्धा संघीय अदालतमा दर्ता गराइएको छ । यो कम्पनी विरुद्ध समेत ३३ हजार ३ सय डलर र निर्देशमाथी ६ हजार ६६० डलर जरिवाना मागदाबी गरिएको छ ।

फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले श्रम ऐन कार्यान्वयनमा नियामक निकाय गम्भिर बन्ने दाबीसहित कानुन कार्यान्वयनमा जोड दिनुभएको छ । कानून मिच्नेहरूविरुद्ध अदालतबाट जरिवानासँगै कामदारलाई क्षतिपूर्ति बापत अतिरिक्त भुक्तानीको आदेश आउनेतर्फ समेत पार्करले सबैलाई सचेत गराउनुभएको छ । कामदार, अफिसियल कर्मचारिहरुको सुरक्षामा फेयरवर्क अम्बुडस्म्यान रहेको विश्वास दिलाउँदै पार्करले आफ्नो तलब वा अधिकारको बारेमा चिन्ता भएका निःशुल्क सहायताको लागि आउन आह्वान समेत गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ