Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसीड्नीमा नेपाली विद्यार्थीमाथी श्रम शोषण, अदालतबाट पाउलान त क्षतिपूर्ति ?

सीड्नीमा नेपाली विद्यार्थीमाथी श्रम शोषण, अदालतबाट पाउलान त क्षतिपूर्ति ?


ब्रिजबेन । ५ जना नेपाली र श्रीलंकन विद्यार्थीमाथी श्रम शोषण गर्ने सीड्नीको सफाई कम्पनी र निर्देशकमाथी १ लाख ५० हजार जरिवाना माग गर्दै मुद्धा अघि बढेको छ । फेयरवर्क अम्बुडस्म्यानले कानुन अनुसार कामदारलाई तलब सेवा सुविधा नदिएको भन्दै संघीय अदलातमा दर्ता गरेको हो ।

ब्रिजबेनको संघीय अदालतमा मार्च ७ मा पहिलो सुनुुवाई समेत भएको छ । आगामी बहसको पेशीमार्फत जरिवाना लगायतको फैसला आउने बताइएको छ । सीड्नी रेलको अवन मर्मत सम्भार केन्द्रमा काम गर्ने क्रममा ठगी गरिएको पाइएको हो । प्रो क्लिन एचक्यू कम्पनी र यसका दुई निर्देशकमाथी कानुन उल्लंघन गरेको र कामदारमाथी ठगी गरेको अभियोग लगाइएको छ । नेपाली र श्रींकलन पाँच जना विद्यार्थीलाई क्लिनरका रुपमा नभई ठेकेदारका रुपमा काममा लगाएर करार प्रावधानहरू उल्लङ्घन गरिएको आरोप लगाउँदै दर्ता गरिएको मुद्धामा १ लाख २५ हजार ५६५ डलर बराबरको जरिवाना प्रत्येक कामदारलाई १ हजारदेखी ५० हजार डलर बराबरको क्षतीपूर्ति, ओभरटाइम लगायतको कानुनी सेवा सुविधा दिलाउन माग गरिएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा आएका र अध्ययनपछि वर्क भिसामा रहेका श्रीलंकाली र नेपाली कामदारले कानुन अनुसार तलब सेवा सुविधा नपाएको उजुरी, गुनासोसँगै फेयरवर्क अम्बुडस्म्यानले अनुसन्धान अघि बढाएको थियो ।

फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले कानुन अनुसारको तलब, सुविधा नपाएका, जोखिममा परेका कामदारहरूको सुरक्षा, कानुन मिच्नेमाथी कारबाहीलाई प्रमुख प्राथमिकतासहित अघि बढाइने भन्दै ठगीएकाहरुलाई गुनासो लिएर आउन आग्रह गर्नुभएको छ । श्रमिकको कानुनी हक अधिकारका पक्षमा सधै सरकार उदार हुने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ